बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

चिया किसानले मेहनतको मूल्य पाउन सकेनन् : निश्कल राई

बुधबार, २५ चैत २०८२, १५ : ०२
बुधबार, २५ चैत २०८२

सारांश

  • इलामका चिया किसानहरूले आफ्नो मेहनतको उचित मूल्य पाउन नसकेको सांसद निश्कल राईले बताएका छन्।
  • मलको अभाव र भारतमा हुने निर्यातको समस्याका कारण किसान र उद्यमीहरू मर्कामा परेको उनले उल्लेख गरेका छन्।
  • सांसद राईले चिया क्षेत्रको समस्या समाधानका लागि सरकारलाई कूटनीतिक पहल गर्न आग्रह गरेका छन्।

काठमाडौँ । नेपाली कांग्रेसका सांसद निश्कल राईले इलामका नागरिकहरू यतिबेला चियाको पहिलो मुना टिप्न व्यस्त रहे पनि उनीहरूले आफ्नो मेहनतको उचित मूल्य पाउन नसकेको बताएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद राईले उत्पादन लागतको आधारमा चियाको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न किसानहरूलाई कठिनाइ परिरहेको बताए । उनले मल अभावको समस्याले उनीहरू थप पीडित बनेको बताए । 

सांसद राईले किसान मात्र नभएर चिया उद्यमीहरू पनि समस्यामा परेको बताए । चिया निर्यातका लागि भारतमा मात्र निर्भर रहनुपरेको र भारतले पनि समय समयमा चिया निर्यातमा अनावश्यक अवरोध खडा गर्दै आएको उनले बताए । 

भारतीय पश्चिम बङ्गाल सरकारको चिया तथा कफी विकास बोर्डले आफ्नो मुलुकको कानुन देखाएर चिया उद्यमीहरूलाई समस्यामा पारिरहेको सांसद राईले बताए ।

किसान र उद्यमीहरूको एकल प्रयासले समाधान हुने खालको नभएको भन्दै सांसद राईले सरकारलाई यस विषयलाई गम्भीरतापूर्वक लिन र कूटनीतिक पहल मार्फत दीर्घकालीन समाधान खोज्न आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप