‘कमेडी दरबार’को सिजन ३ नयाँ स्वरूपमा वैशाख ४ गतेदेखि प्रसारण हुने
काठमाडौँ । लोकप्रिय हास्य टेलिभिजन शो ‘कमेडी दरबार’ आफ्नो तेस्रो सिजन लिएर दर्शकमाझ आउने भएको छ। अघिल्ला दुई सिजनको अपार सफलतापछि करिब तीन महिनाको अन्तरालमा शो फर्किन लागेको हो । शो आगामी वैशाख ४ गते शुक्रबारदेखि नियमित प्रसारण हुने शोका निर्देशक तथा होस्ट विक्की अग्रवालले जानकारी दिए ।
अग्रवालका अनुसार यसपटकको सिजनलाई अझ रोचक, मनोरञ्जनात्मक र भव्य बनाउन सेट डिजाइनदेखि प्रस्तुति शैलीसम्म विशेष परिवर्तन गरिएको छ। नयाँ भव्य सेट, नयाँ कमेडियन, नयाँ जज र परिमार्जित फर्म्याट्का साथ कार्यक्रमलाई अझ उचाइमा पुर्याउने निर्माण पक्षको अपेक्षा छ ।
यस सिजनमा पनि ‘महाराजा’ का रूपमा चर्चित कमेडियन मनोज गजुरेल र ‘महारानी’ का रूपमा वरिष्ठ अभिनेत्री गौरी मल्ल यथावत् रहनेछन्। शोमा यस पटक नयाँ आकर्षणको रूपमा जज प्यानलमा ‘रानी’ को भूमिकामा अभिनेत्री दिया मास्के जोडिएकी छिन्। त्यस्तै, अघिल्ला सिजनका लोकप्रिय कलाकारहरूसँगै यस पटक सन्तोष थापा, दिनेश काफ्ले र सुजन जिम्बा नयाँ कमेडियनका रूपमा देखिनेछन्।
माया इन्टरटेन्मेन्टद्वारा निर्माण गरिएको कार्यक्रम प्राइम टिभी एचडी र ओएसआर रियालिटी युट्युब च्यानल मार्फत हेर्न सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण