संसद्मा सरकारको फितलो उपस्थिति : रास्वपा सांसद बास्कोटाले गरिन् ‘खाली कुर्सी’को कटाक्ष
सारांश
- संसद् बैठकमा सरकार र सत्तारुढ दलका शीर्ष नेताहरूको अनुपस्थितिलाई लिएर रास्वपा सांसद समीक्षा बास्कोटाले गम्भीर असन्तुष्टि व्यक्त गरेकी छन्।
- उनले संसद्को पहिलो लहरमा देखिएका खाली कुर्सीहरूले लोकतन्त्रमाथि नै प्रहार भइरहेको आभास हुने भन्दै सरकारको आलोचना गरेकी छन्।
काठमाडौँ । संसद् बैठकमा सरकार र सत्तारुढ दलका शीर्ष नेताहरूको अनुपस्थितिलाई लिएर सत्तारुढ दलकै सांसदहरूले गम्भीर असन्तुष्टि जनाएका छन्। बुधबारको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बास्कोटाले संसद्को पहिलो लहरका कुर्सीहरू खाली देख्दा लोकतन्त्रमाथि नै प्रहार भइरहेको अनुभूति भएको भन्दै टिप्पणी गरेकी हुन्।
सांसद बास्कोटाले लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाउन राज्यका संस्थाहरूलाई शिथिल बनाउने पुरानै परिपाटी दोहोरिन थालेको आशंका व्यक्त गरिन्। प्रधानमन्त्री बालेन्द्र साहलगायत अधिकांश मन्त्रीहरूको न्यून उपस्थितिले संसद्को गरिमा घटाएको उनको तर्क थियो। संसद्मा सरकारको कमजोर उपस्थितिलाई लिएर उनले प्रश्न गरिन्, ‘कतै हामी लोकतन्त्रलाई गिज्याइरहेका त छैनौँ?’
बैठकमा बोल्दै बास्कोटाले भनिन्, ‘विगत ३५ वर्षदेखि यो देशमा लोकतन्त्रमाथि निरन्तर प्रहार हुँदै आएको छ। लोकतन्त्रलाई सिध्याउन राज्यका संस्थाहरूलाई कमजोर बनाए पुग्छ। आज अग्रभागमा देखिएका खाली कुर्सीहरू देख्दा यो सम्मानित सदन र लोकतन्त्रमाथि नै प्रहार हुन लागेको जस्तो भान भइरहेको छ।’
बैठकमा सत्ता पक्ष मात्र नभई प्रतिपक्षी बेन्चको अघिल्लो लहर समेत खाली देखिएको थियो। सांसद बास्कोटाले संसद् र लोकतन्त्रलाई कमजोर बनाउने प्रयास नगर्न सबै पक्षको ध्यानाकर्षण गराउँदै सरकारलाई जनउत्तरदायी बन्न आग्रह गरिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण