अमेरिका र इरानबिचको दुई हप्ते युद्धविरामको नेपालद्वारा स्वागत
सारांश
- नेपाल सरकारले अमेरिका र इरानबिच घोषणा गरिएको दुई हप्ते युद्धविराम सम्झौताको स्वागत गरेको छ।
- परराष्ट्र मन्त्रालयले यस सम्झौतालाई पश्चिम एसियाको तनाव कम गर्ने रचनात्मक कदम भनेको छ।
- सरकारले विश्वभर दिगो शान्ति र स्थायित्व कायम गर्ने अन्तर्राष्ट्रिय प्रयासमा आफ्नो साथ रहने प्रतिबद्धता जनाएको छ।
काठमाडौँ । सरकारले अमेरिका र इरानबिच हालै घोषणा गरिएको दुई हप्ते युद्धविराम सम्झौताको स्वागत गरेको छ। परराष्ट्र मन्त्रालयले एक औपचारिक वक्तव्य जारी गर्दै यस सम्झौतालाई पश्चिम एसियामा बढ्दो तनाव कम गर्ने दिशामा दुई देशबिच भएको सहमतिलाई ‘रचनात्मक कदम’ भनेको छ।
मन्त्रालयले जारी गरेको वक्तव्यमा यो सम्झौताले संवाद, कूटनीति र मतभेदहरूको शान्तिपूर्ण समाधानका लागि महत्त्वपूर्ण अवसर प्रदान गरेको उल्लेख गरिएको छ ।
अन्तर्राष्ट्रिय विवादहरूको शान्तिपूर्ण समाधान हुनुपर्छ भन्ने आफ्नो निरन्तरको परराष्ट्र नीति र अडानलाई दोहोर्याउँदै नेपालले यस विकासक्रमलाई सो क्षेत्रमा शान्ति र स्थायित्व प्रवर्द्धन गर्ने सकारात्मक कदमको रूपमा लिएको जनाएको छ।
साथै, नेपाल सरकारले द्वन्द्वका कारण सिर्जना भएका मानवीय परिणामहरूप्रति गहिरो चिन्ता व्यक्त गरेको छ । सरकारले सर्वसाधारण नागरिकको सुरक्षा र उनीहरूको भलाइ सुनिश्चित गर्नु अत्यन्त महत्त्वपूर्ण रहेको कुरामा जोड दिएको छ।
पश्चिम एसिया लगायत विश्वभर नै दिगो शान्ति र स्थायित्व कायम गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय समुदायले गर्ने सम्पूर्ण प्रयासहरूमा नेपालको निरन्तर साथ र समर्थन रहने प्रतिबद्धता समेत परराष्ट्र मन्त्रालयको वक्तव्यमा जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण