‘फ्रेन्ड्स’ अभिनेता म्याथ्यू पेरीको मृत्यु प्रकरण: लागुऔषध आपूर्तिमा संलग्न महिलालाई १५ वर्ष जेल
सारांश
- अमेरिकी अभिनेता म्याथ्यू पेरीको मृत्यु प्रकरणमा लागुऔषध आपूर्ति गर्ने जसभिन सङ्घालाई १५ वर्षको जेल सजाय सुनाइएको छ।
- अदालतमा सङ्घाले आफूले अवैध रूपमा केटामिन आपूर्ति गरेको स्वीकार गर्दै आफ्नो कार्यप्रति पश्चात्ताप व्यक्त गरेकी छिन्।
वासिङ्टन डीसी । अमेरिकी टेलिभिजन सिरिज फ्रेन्डसका चर्चित अभिनेता म्याथ्यू पेरीको मृत्यु प्रकरणमा संलग्न एक महिलालाई १५ वर्षको जेल सजाय सुनाइएको छ । जसभिन सङ्घा नाम गरेकी ४२ वर्षीया महिलाले अवैध लागुऔषध आपूर्ति गरेको स्वीकार गरेपछि अदालतले उक्त सजाय सुनाएको हो । सन २०२३ मा पेरीको केटामिनको तीव्र असरका कारण मृत्यु भएको थियो ।
बुधबारको अदालत उपस्थितिमा सङ्घाले आफ्नो भूमिकाप्रति पश्चात्ताप व्यक्त गर्दै भनिन्, “म आफूले गरेका कार्यहरूको पूर्ण जिम्मेवारी लिन्छु । यी अत्यन्त खराब निर्णयहरू थिए, जसले अन्ततः दुखद परिणाम निम्त्यायो ।” अमेरिकी जिल्ला न्यायाधीश शेरिलिन गार्नेटले सङ्घीय अभिआयोजकहरूले सिफारिस गरेको सजायलाई स्वीकार गर्दै १५ वर्षको जेल सजाय सुनाइन् । पेरीको मृत्यु पछि पनि सङ्घाले केटामिन बिक्री जारी राखेको तथ्यलाई गम्भीर रूपमा लिँदै न्यायाधीशले कडा सजाय आवश्यक रहेको ठहर गरिन् ।
सङ्घाले गत सेप्टेम्बरमा पाँच वटा गम्भीर लागुऔषधसम्बन्धी आरोपमा दोष स्वीकार गरेकी थिइन । उनका वकिलहरूले भने पहिले नै भुक्तान गरेको हिरासत अवधिलाई नै सजाय मान्न आग्रह गरेका थिए । उनी सन २०२४ मा पक्राउ परेकी थिइन र झण्डै एक वर्ष आठ महिना देखि हिरासतमा थिइन् । पेरीले आफ्नो जीवनमा लागुऔषध र पेनकिलरको लतसँग संघर्ष गरेको कुरा आफ्नो आत्मकथा फ्रेन्डस, लभर्स एन्ड द बिग टेरिबल थिङ्गमा उल्लेख गरेका थिए ।
सङ्घीय अधिकारीहरूका अनुसार, पेरी सुरुमा चिन्ता र डिप्रेसनको उपचारका लागि क्लिनिकमा दिइने केटामिन उपचारमा निर्भर भएका थिए । तर, चिकित्सकहरूले मात्रा बढाउन अस्वीकार गरेपछि उनले अन्य स्रोतबाट औषध लिन थाले, जसलाई अभियोजन पक्षले उनको लतको फाइदा उठाइएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण