मनाङेको दाबी : ‘पर्यटन र कृषि व्यवसायबाट उदाएको हुँ’
सारांश
- गण्डकी प्रदेशका पूर्व सांसद राजीव गुरुङले आफू पर्यटन र कृषि व्यवसायबाट उदाएको दाबी गरेका छन्।
- उनले रातोपाटीमा प्रकाशित आफ्नो पृष्ठभूमि सम्बन्धी समाचारको खण्डन गरेका छन्।
- कारागारबाट छुटेपछि नोभा क्लबमा आफूलाई भेट्न शुभचिन्तक र साथीभाइ मात्र आएको उनको भनाइ छ।
काठमाडौँ । गण्डकी प्रदेशका पूर्व सांसद दीपक मनाङे भनेर चिनिने राजीव गुरुङले आफू पर्यटन र कृषि व्यवसायको पृष्ठभूमिबाट उदाएको दाबी गरेका छन् । रातोपाटीमा चैत २२ मा प्रकाशित ‘२ दिनमा ३३ गुण्डा हिरासतमा, मनाङे छुटेपछि सल्बलाएको प्रहरीको निष्कर्ष’ शीर्षकको समाचार खण्डन गर्दै मनाङेले सो दाबी गरेका हुन् ।
प्रकाशित सामग्रीमा मनाङे गुण्डागर्दी पृष्ठभूमिबाट उदाएका र उनी डिल्लीबजार कारागारबाट छुटेपछि ठमेलको नोभा क्लबमा उनको स्वागतमा करिब ४५० जना मानिसहरू भेला भएको उल्लेख थियो । ‘गुण्डागर्दी पृष्ठभूमिबाट उदाएको’ भन्ने तथ्यलाई मनाङले खण्डन गरेका छन् ।
ठमेलमा उनको स्वागतमा केही ‘गुण्डागर्दीमा संलग्नहरू’ पनि गएको समाचारमा उल्लेख थियो । तर, मनाङेले आफ्नो स्वागतमा दाजुभाइ, शुभचिन्तक र साथीभाइ भेटघाट गर्न आएको बताएका छन् । फागुन ३० मा उनलाई नोभा क्लबमा समर्थकहरूले स्वागत गरेका थिए । ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा कैद भुक्तान गरेर उनी डिल्लीबजार कारागारबाट छुटेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण