नेप्सेमा ४८ अङ्कको वृद्धि, झण्डै १० अर्बको कारोबार
सारांश
- नेपाल स्टक एक्सचेन्ज परिसूचक बिहीबार ४८.७१ अङ्कले बढेर २८५१.२४ को विन्दुमा पुगेको छ।
- बजारमा ३३८ कम्पनीको सेयर किनबेच हुँदा कुल ९ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
- आज ८ वटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ।
काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ४८.७१ अङ्कले बढेर २८५१.२४ को विन्दुमा पुगेर बन्द भएको छ ।
आज बजारमा तीव्र उत्साह देखिँदा कारोबार रकम पनि उच्च रहेको छ । दिनभरिमा ३३८ कम्पनीका २ करोड ७९ लाख कित्ता सेयर १ लाख ८ हजार ८६९ पटक किनबेच हुँदा कुल ९ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ । कूल २७९ कम्पनीको कारोबार भएकोमा २५१ कम्पनीको मूल्य बढेको छ भने १६ कम्पनीको मात्र घटेको छ । १ कम्पनीको मूल्य भने स्थिर रह्यो ।
आज सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै अन्य समूह ३.४३ प्रतिशतले बढ्दा सबैभन्दा कम म्युचुअल फण्ड ०.१३ प्रतिशतले बढेको छ ।
आज ८ वटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । यसमा आत्मनिर्भर लघुवित्त, रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिज इनर्जी, सोलु हाइड्रोपावर, होटल फरेस्ट इन, सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रोपावर रहेका छन् ।
कारोबार रकमका आधारमा आज नेशनल हाइड्रोपावर शीर्ष स्थानमा रह्यो, जसको ४३ करोड ४७ लाख ६६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भयो । यस्तै, रिडी पावर, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर र एसवाई प्यानल पनि सर्वाधिक कारोबार हुने उत्कृष्ट पाँच कम्पनीमा परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण