अमेरिकी युथ काउन्सिल खोल्ने निर्णय सच्चाउन माग
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माक्सवादी–लेनिनवादी) ले सरकारले विद्यार्थी संगठनहरूलाई प्रतिबन्ध लगाउने र अमेरिकी दूतावासको पहलमा नेपालमा ‘अमेरिकी युथ काउन्सिल’ खोल्ने निर्णय सच्चाउन माग गरेको छ ।
बिहीबार बसेको नेकपा (माले) को स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको महासचिव सीपी मैनालीले बैठकपछि जारी विज्ञप्तिमा जनाएका छन्।
‘सरकारले विद्यार्थी संगठन माथि प्रतिवन्ध लगाउने होइन, संगठनका गतिविधिहरूलाई अनुगमन गर्ने नीति लिनु नै उपयुक्त हुन्छ’, मैनालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
एकातिर विद्यार्थी संगठनहरूलाई प्रतिबन्ध लगाउने तर अर्कोतिर अमेरिकी दूतावासको पहलमा नेपालमा ‘अमेरिकी युथ काउन्सिल’ जस्तो नेपालको कानुन विपरित संगठन खोल्ने र संचालन गर्ने गतिविधिहरूप्रति मौन रहनुले वर्तमान सरकार कसको सेवामा छ भनी सजिलै उत्तर पाइने मालेको भनाइ छ।
‘अतः विद्यार्थी संगठन माथि प्रतिवन्ध लगाउने निर्णयलाई अविलम्ब सच्याउन र कानुन विपरित विदेशी नियोगद्वारा खोलिएको “युथ काउन्सिल” खारेज गर्न सरकार समक्ष यो बैठक जोडदार माग गर्दछ’, मालेको माग छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण