ओभरलोड नियन्त्रणमा जिम्मेवार निकाय थप गम्भीर बन्नुपर्ने
बुटवल । ओभरलोड नियन्त्रणको विषयमा सरोकारवाला निकायबिच समन्वय अभाव देखिएको भन्दै पश्चिमाञ्चल यातायात व्यवसायीका पूर्व सचिव पङ्कज राईको नेतृत्वमा रुपन्देहीको जिल्ला प्रशासन कार्यालयमा बिहीबार छलफल गरिएको छ।
रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यासँग विशेष गरी भारतीय मालवाहक सवारीसाधनको ओभरलोड व्यवस्थापनबारे केन्द्रित छलफल भएको हो।
त्यसैगरी भैरहवा भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलसँग पनि ओभरलोडसम्बन्धी कानुन तथा निर्देशिका कार्यान्वयनको अवस्थाबारे छलफल गरिएको थियो।
छलफलमा व्यवसायीहरूले भन्सारमा आउने मालवाहक ट्रकको तौल परीक्षण काँटा सञ्चालनमा रहे पनि ओभरलोड भेटिँदा तत्काल अनलोड नगराइने विषयमा गम्भीर प्रश्न उठाएका थिए।
भन्सार प्रमुख पौडेलले भने ओभरलोड नियन्त्रणभन्दा राजस्व सङ्कलन आफ्नो प्राथमिक दायित्व भएको उल्लेख गर्दै राज्यले बनाएको नियम र प्रविधिअनुसार अघि बढ्नुपर्ने धारणा राखे।
जिल्ला प्रशासन कार्यालयका तर्फबाट मालवाहक निर्देशिका २०७४ तथा लुम्बिनी प्रदेशको २०७६ को निर्देशिका प्रभावकारी रूपमा कार्यान्वयन गराउन सबै निकाय जिम्मेवार हुनुपर्नेमा जोड दिइएको थियो। साथै अत्यधिक सवारीसाधन कारबाही गर्दा पार्किङ अभाव र जनशक्ति कमी जस्ता व्यावहारिक समस्या रहेको पनि औँल्याइएको छ।
हालै सम्पन्न पश्चिमाञ्चल यातायात व्यवसायीको अध्यक्ष थोरै मतले पराजित रहेका पङ्कज राईले वर्तमान अवस्थालाई “जिम्मेवारी पन्छाउने प्रवृत्ति” को संज्ञा दिँदै सिडिओ कार्यालयले भन्सारतर्फ, भन्सारले यातायात र सडक विभागतर्फ जिम्मेवारी सार्ने प्रवृत्ति हाबी भएको बताए।
उनले दीर्घकालीन समाधानका लागि प्रविधिमै आधारित निगरानी प्रणाली आवश्यक रहेको उल्लेख गर्दै भन्सार नाकामा आधुनिक तौल मापन प्रणाली जडान गर्नुपर्ने प्रस्ताव अघि सारे। यस्तो प्रणालीमार्फत ट्रक चल्दै गर्दा नै तौल मापन गर्न सकिने र ओभरलोड भेटिए तत्काल अनलोड प्रक्रिया अनिवार्य गराउन सकिने उनको भनाइ थियो।
त्यसका लागि यातायात कार्यालयका कर्मचारीलाई भन्सारमै खटाएर संयुक्त रूपमा कार्यान्वयन गर्नुपर्ने सुझाव समेत उनले दिएका छन्। राईका अनुसार जरिवाना मात्र लगाउने वर्तमान अभ्यासले समस्या समाधान नहुने भएकाले प्रविधि, कडाइ र समन्वयमार्फत स्थायी समाधानतर्फ जानु अपरिहार्य रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार ३० दिन केरा खाँदा शरीरमा आउँछन् यस्ता परिवर्तन
-
नयाँ योजनाभन्दा पुराना कार्यक्रमलाई अभियानका रूपमा निरन्तरता दिँदै धनगढी उपमहानगर
-
रौतहट प्रहरीको वार्षिक उपलब्धि : ६ करोडको तस्करीका सामान बरामद, ४४८ फरार प्रतिवादी पक्राउ
-
फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध
-
रुसद्वारा युक्रेनमा ब्यालिस्टिक मिसाइल र ड्रोन प्रहार, कम्तीमा आठ जनाको मृत्यु
-
इराकमा भएको इरानी आक्रमणमा एक अमेरिकी सैनिकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण