शनिबारदेखि कर्णाली उत्सव : राजेश हमालदेखि रक्षा बमसम्म वक्ता
सुर्खेत । कर्णाली उत्सव ‘कुडा कर्नाली)काको सातौँ संस्करण भोलि शनिबारदेखि सुरु हुने भएको छ । वीरेन्द्रनगरको सिटी हल बाहिर प्राङ्गणमा हुने उक्त उत्सवमा सिने क्षेत्रका महानायक राजेश हमालदेखि जेनजी आन्दोलनकी चर्चित अगुवा रक्षा बमसम्म वक्ताका रूपमा आउने भएका छन् ।
आयोजक संस्थाले शुक्रबार पत्रकार सम्मेलन गरेर कार्यक्रमबारे जानकारी गराएको छ । उत्सवका संयोजक कमलराज लम्सालका अनुसार, उत्सव शनिबार, आइतबार र सोमबार गरी तीन दिनसम्म चल्ने छ ।
‘कर्णालीको भूगोल, संस्कृति र सम्भावनालाई मन्थन गर्ने विचारको साझा चौतारी हो, उत्सव,’ उनले भने, ‘हरेक वर्ष फागुन ५, ६ र ७ गते हुँदै आएको यो उत्सव यो पटक आम निर्वाचनका कारण सरेर चैत मसान्तमा आइपुगेको हो ।’
उत्सवले सकरात्मकताको प्रवर्द्धनका साथसाथै विचारबाट नै विकास सम्भव हुन्छ भन्ने मान्यता स्थापित गर्न र नागरिकमा आशाको सञ्चार गर्न अधिकतम प्रयासहरू गरिरहेको लम्सालको दाबी छ ।
उनले अगाडी भने, ‘समृद्धिको सपना, उत्तरदायी शासन, मौलिकताको उजागर र प्रश्न गर्ने परम्परालाई आफ्ना मुख्य प्रयासका कर्णाली उत्सवले पुष्टि गरिसकेको छ ।’
विचारको विमर्शमार्फत समाजमा व्याप्त निराशा चिर्ने र समतामूलक समृद्धिको गोरेटो कोर्ने उद्देश्य राखेको उत्सवमा यो पटक विभिन्न क्षेत्रका विज्ञ, नीति, निर्माता र नागरिक समाजको सहभागिता रहने छ ।
उनका अनुसार यो वर्ष तीन दिनमा १५ गटा विविधतापूर्ण मूल सत्रहरू समावेश गरिएका छन् अन्य १० सानाछोटा सत्रहरू पनि हुनेछन् ।
जस अन्तर्गत कर्णालीको माटोमा जन्मिएर समाजमा उदाहरणीय कर्म गरिरहेका तीन जना पैकेलोहरुले आफ्ना सङ्घर्ष र सफलताका कथाहरू सुनाउने छन् ।
‘हामी मोक्षभूमि कर्णालीको आंगनबाट हामी ‘नारी नेतृत्व’देखि ‘सिमान्त मान्ठ’का स्वरहरू सुन्ने छौँ,’ लम्सालले भने, ‘साथै, ‘प्रतिरोधका पाइला’को पदचापदेखि ‘कर्नालीका सुईना’हरुमा बहस हुने छ ।’
बहसमा ६ वटै राष्ट्रिय दलका सांसदहरूसँगको संवाद, जेनजी पुस्ताको सडकदेखि संसद्सम्मको प्रभाव र पहुँच, ‘कनेक्टिङ कर्नाली’ अन्तर्गत ऊर्जा एवं प्रविधिको विकासमाथि सघन विमर्श हुने संयोजक लम्सालले बताए ।
साथै, महानायक राजेश हमालसँग ‘नखिचिएका सिनेमा’ कुराकानी, उपल्लो कर्णालीको रैथाने उपचार पद्धति ‘रोवा रिग्पा’को चर्चा हुने छ ।
कार्यक्रमको सम्पूर्ण तयारी भइसकेको आयोजक संस्थाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण