भारतसँग मल आपूर्ति सहजीकरणका लागि मन्त्री चौधरीको आग्रह
सारांश
- कृषि तथा पशुपन्छी विकास मन्त्री गिता चौधरी र भारतीय राजदूत नवीन श्रीवास्तवबिच रासायनिक मल आपूर्ति सहजीकरणका विषयमा छलफल भएको छ।
- मन्त्री चौधरीले आगामी धानबालीका लागि भारतबाट जी-टु-जी प्रणालीमार्फत मल खरिद प्रक्रिया अघि बढाउन भारतीय पक्षसँग आग्रह गरेकी छन्।
- भेटमा उखुको बीउ अनुदान, कृषि प्रविधि र पशुजन्य रोग नियन्त्रणमा सहकार्य गर्ने विषयमा पनि सहमति भएको छ।
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गिता चौधरी र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबिच शुक्रबार शिष्टाचार भेटवार्ता भएको छ । कृषि मन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय कृषि सहकार्य, विशेष गरी रासायनिक मल आपूर्तिसम्बन्धी विषयमा छलफल भएको हो ।
सो छलफलका क्रममा मन्त्री चौधरीले नेपालमा रासायनिक मल आपूर्तिमा सहयोग गरेकोमा भारत सरकारप्रति आभार व्यक्त गर्दै पुरानो ‘जी–टु–जी’ (सरकार–सरकारबिच) सम्झौताको म्याद सकिएको विषयमा ध्यानाकर्षण गराइन् । उनले नयाँ सम्झौताको प्रक्रिया छिटो अघि बढाउन सहजीकरण गरिदिन भारतीय पक्षसँग अनुरोध गरिन् ।
पश्चिम एसियामा देखिएको वर्तमान सङ्कटका कारण मल आपूर्तिमा समस्या देखिएको उल्लेख गर्दै मन्त्री चौधरीले आगामी वर्खे धान सिजनलाई लक्षित गरी भारतबाट १ लाख मेट्रिक टन युरिया र ५० हजार मेट्रिक टन डिएपी ‘जी–टु–जी’ प्रणालीमार्फत खरिद प्रक्रिया सहज बनाइदिन आग्रह गरिन् ।
यस्तै भारतीय राजदूत श्रीवास्तवले अरुण जलविद्युत आयोजनामा वनसँग सम्बन्धित देखिएका समस्याबारे मन्त्री चौधरीलाई जानकारी गराइन् ।
भारतको सिलगुढीदेखि नेपालको झापासम्मको दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनमा देखिएको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए) कार्यमा सहयोग गर्नु पर्नेबारे समेत जानकारी गराइन् ।
सो भेटवार्तामा कृषि क्षेत्रको सहकार्य विस्तारका लागि विभिन्न प्रस्तावहरू अघि सारिएका छन् । भेटका क्रममा नयाँ कृषि स्टार्टअपमार्फत कृषि उद्यमीलाई अनुभव आदान–प्रदान, आधुनिक कृषि प्रविधिबारे ज्ञान अभिवृद्धि तथा क्षमता विकासका लागि पुनः भारत भ्रमणको आयोजना गर्ने प्रस्ताव समेत राजदूत श्रीवास्तवले राखेका छन् ।
त्यसैगरी उखुको उन्नत बीउ अनुदानमा उपलब्ध गराउने विषयमा पनि छलफल भएको छ । यसका साथै, नेपाल–भारत सीमाक्षेत्रमा देखिने पशुजन्य रोग नियन्त्रणका लागि दुवै देशबिच संस्थागत समन्वय र सहकार्य गर्दै अगाडि बढ्ने सहमति भएको जनाइएको छ।
मन्त्री चौधरीले नेपाल–भारतबिचको कृषि सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै दुई देशबिचको मित्रता र सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण