गहुँ र चैते धानको मूल्य निर्धारण
सारांश
- कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आर्थिक वर्षका लागि गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ।
- गहुँको मूल्य प्रतिक्विटल २ हजार ८ सय ५६ रुपैयाँ ४९ पैसा र चैते धानको मूल्य ३ हजार ९ सय ४५ रुपैयाँ कायम गरिएको छ।
- १८ प्रतिशतभन्दा बढी चिस्यान भएको धानको हकमा तौल घटाएर मूल्य निर्धारण गरिने व्यवस्था गरिएको छ।
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । नयाँ सरकार गठन भएलगत्तै मन्त्री गीता चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण भएको हो ।
चालु आर्थिक वर्षमा धान र गहुँको मूल्य क्रमशः २ हजार ८ सय ५६ रुपैयाँ ४९ पैसा प्रतिक्विटल र ३ हजार ९ सय ४५ रुपैयाँ प्रतिक्विटल मूल्य निर्धारण गरिएको हो । यो मूल्य १८ प्रतिशत चिस्यान भएको चैते धानको न्यूनतम समर्थन हो ।
१८ प्रतिशतभन्दा बढी चिस्यान भएमा प्रतिक्विन्टल १ किलो २ सय ग्रामका दरले तौल घटाई मूल्य कायम गरिने व्यवस्था गरिएको छ । गत वर्षको तुलनामा गहुँको मूल्य प्रतिक्विटल ७७ रुपैयाँ ६२ पैसा र चैते धानको प्रतिक्विटल ५५ रुपैयाँ ८ पैसा वृद्धि भएको हो ।
गत आर्थिक वर्षमा गहुँको मूल्य ३ हजार ८ सय ६७ रुपैयाँ ३८ पैसा प्रतिक्विन्टल र चैते धान २ हजार ८ सय रुपैयाँ ६९ पैसा प्रतिक्विटल रुपैयाँ थियो । सरकारले किसानलाई उचित मूल्य सुनिश्चित गर्न र उत्पादन वृद्धि प्रोत्साहन गर्न न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण