एआईले आम मानिसको जीवनमा पार्ने प्रभावबारे सोध्नैपर्ने सात प्रश्न
सारांश
- एआई र रोबोटिक्सको तीव्र विकासले मानव जीवनमा सुधारका साथै गम्भीर चुनौतीहरू निम्त्याउने सम्भावना छ।
- प्रविधिको प्रयोगले रोजगारी गुम्ने, सामाजिक एक्लोपन बढ्ने, गोपनीयता संकटमा पर्ने र पर्यावरणमा नकारात्मक असर पर्ने चिन्ता बढेको छ।
- मानव नियन्त्रणबाहिर जाने एआईको जोखिम र यसले निम्त्याउन सक्ने युद्ध तथा अधिनायकवादबारे गम्भीर प्रश्नहरू उठेका छन्।
आई र रोबोटिक्ससँग मानव जीवनमा सुधार ल्याउने ठूलो सम्भावना छ । साथै, यसले अहिलेसम्म सामना नै नगरेको स्तरका भयानक जोखिमहरू पनि ल्याउन सक्छ । हाम्रो चासो र नियन्त्रण कायम रहेन भने यी प्रविधिले हाम्रा सामु अनेक चुनौती खडा गर्ने निश्चित छ ।
जसलाई हामी बुँदागत रूपमा निम्नानुसार उल्लेख गर्न सक्छौँ:

- अनुत्तरदायी वैश्विक सम्भ्रान्तहरूको उदय
एलन मस्क, ल्यारी एलिसन, जेफ बेजोस, मार्क जुकरबर्गलगायत संसारका सबैभन्दा धनी मानिसहरू एआई र रोबोटिक्स जस्ता नयाँ प्रविधिमा खर्बौँ डलर लगानी गरिरहेका छन् । उनीहरू उदारताका कारण त्यसो गर्दै छैनन् । उनीहरूलाई अझै बढी सम्पत्ति र शक्ति चाहिएको छ । के यिनै मुठीभर खर्बपतिहरूले हाम्रो आर्थिक एवं राजनीतिक जीवनमा अभूतपूर्व प्रभाव पार्न लागेपछि लोकतन्त्र टिक्न सक्ला त ?

- ठूलो सङ्ख्यामा रोजगारी गुम्ने
अर्थशास्त्रीहरू एआई र रोबोटिक्स फैलिँदै जाँदा लाखौँ रोजगारी गुम्न सक्ने चेतावनी दिइरहेका छन् । कामदारहरूका लागि रोजगारी नहुँदा उनीहरूको अवस्था के होला ? आम मानिसहरू आम्दानीबिना कसरी बाँच्छन् होला ? उनीहरूले आफ्नो बासस्थान, स्वास्थ्य, खानेकुरा लगायतका अन्य आधारभूत आवश्यकताहरू कसरी खरिद गर्लान् ?

- सामाजिक एक्लोपन एवं मानसिक रोग
युवाहरू अहिले नै भावनात्मक सहयोग खोज्न एआई ‘साथी’ खोज्न थालेका छन् । मानिसहरू आफ्ना दौँतरी साथीहरूसँग भन्दा बढी मेसिनहरूसँग अन्तरक्रिया गर्न थाल्दा मानवताको हालत के हुँदो हो ?

- गोपनीयतामाथि पूर्ण हमला
हामीमध्ये प्रत्येकको फोन कुराकानी, इमेल, म्यासेज, इन्टरनेट सर्च, वित्तीय कारोबार तथा हिँडडुल सबैलाई एआई कम्पनीका साहुहरूले ट्रयाक गर्न सक्छन् र कतिले गरी नै रहेका छन् । त्यसो हुँदा अब गोपनीयताको अवधारणा असान्दर्भिक भएको हो ? यो स्तरको चियोचर्चो र सूचना नियन्त्रणले अनिवार्य रूपमा अधिनायकवाद निम्त्याउँदैन र ?
- युद्धको सम्भावना
सेनामा रोबोटहरूले मान्छेलाई विस्थापन गर्दै जाँदा नेताहरू अझै विनाशकारी द्वन्द्वमा संलग्न हुन पो चाहने हुन् कि ? के आउने दिनमा हामी रोबोट सेना बढाउने दौड देख्न बाध्य हुनेछौँ ?

- पर्यावरण विनाश
एआई डेटा सेन्टरहरू ठूलो मात्रामा बिजुली र पानी खपत गर्छन् । त्यस्ता डेटा सेन्टरहरू बनाउँदा पावर ग्रिडहरूमा तनाव बढ्दैन र ? कार्बन उत्सर्जन थप हुँदैन र ? सामान्य उपभोक्ताहरूले आफ्नो बिजुलीको बिलमा ठूलो मात्रामा वृद्धि भएको पाउने हुन् कि ?
- पृथ्वीमा मानिसको कमजोर नियन्त्रण
केही ठूला प्रविधि कम्पनीका सीईओहरू एआईले छिट्टै मानव बुद्धिमत्तालाई उछिन्न सक्ने ठान्छन् । साँच्चै हामी आफैँले सिर्जना गरेका तथा गर्ने वस्तुहरूमाथि सही ढङ्गले नियमन गर्न सकेनौँ भने के हुन्छ ? यसले मानव अस्तित्वकै खतरा सिर्जना पो गर्ने हो कि ?
आउने दिनमा हामीले प्रविधि खासगरी एआई र रोबोटिक्सबारे चिन्तन, मनन र छलफल गर्दा पक्कै पनि यी प्रश्नहरूको जवाफ खोज्ने प्रयास गर्नैपर्छ । नीति निर्माण तथा अभियानहरूमा यी प्रश्नले अनिवार्य ठाउँ पाउनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण