युद्धको बहाना देखाउँदै नेतान्याहुद्वारा भ्रष्टाचार मुद्दाको बयान टार्ने प्रयास
सारांश
- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो विरुद्धको भ्रष्टाचार मुद्दाको बयान सार्न अदालतमा निवेदन दिएका छन्।
- युद्धका कारण देशको सुरक्षा र कूटनीतिक अवस्था संवेदनशील रहेको भन्दै उनले दुई हप्ताको समय मागेका छन्।
जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो विरुद्ध चलिरहेको भ्रष्टाचार मुद्दाको बयान दिन नसक्ने भन्दै अदालतमा निवेदन दिएका छन्। आगामी आइतबारदेखि सुरु हुने भनिएको सुनुवाइमा उपस्थित हुन नसक्ने जानकारी उनका वकिलले शुक्रबार जेरुसेलम जिल्ला अदालतलाई गराएका हुन्।
इरानसँगको युद्धपछि बुधबार मात्र युद्धविराम घोषणा भएको र देशको सुरक्षा अवस्था अझै संवेदनशील रहेको दाबी गर्दै उनले बयान सार्न माग गरेका छन्।
नेतान्याहुका वकिलले अदालतमा पेश गरेको पत्रमा भनिएको छ, ‘हालैका दिनमा इजरायल र पश्चिम एसियामा घटेका नाटकीय घटनाक्रम तथा अति गोप्य सुरक्षा र कूटनीतिक कारणले गर्दा प्रधानमन्त्री आगामी दुई हप्तासम्म बयान दिन असमर्थ छन्।’
नेतान्याहुले ती गोप्य कारणहरू विस्तृत रूपमा लेखिएको एउटा खामबन्दी पत्र पनि अदालतलाई बुझाएका छन्। अब सरकारी वकिलको जवाफ आएपछि अदालतले यसबारे अन्तिम निर्णय गर्नेछ।
नेतान्याहु इजरायलको इतिहासमा पदमै रहेको बेला आपराधिक आरोप लाग्ने पहिलो प्रधानमन्त्री हुन्। उनीमाथि सन् २०१९ मा घुसखोरी, ठगी र विश्वासघातको आरोप लागेको थियो भने सन् २०२० बाट औपचारिक रूपमा मुद्दा सुरु भएको थियो।
उनले यी सबै आरोपहरू अस्वीकार गर्दै आएका छन्। यसअघि पनि विभिन्न राजकीय व्यस्तता देखाउँदै यो मुद्दा पटक–पटक सर्दै आएको छ, जसका कारण यसको अन्तिम फैसला कहिले आउँछ भन्ने अझै अनिश्चित छ।
लगातारको युद्ध र भ्रष्टाचारका गम्भीर मुद्दाहरूका कारण नेतान्याहुको लोकप्रियता निकै खस्किएको छ। इजरायलमा आगामी अक्टोबरमा निर्वाचन हुँदैछ र पछिल्ला सर्वेक्षणहरूले नेतान्याहुको दक्षिणपन्थी गठबन्धनले नराम्रो पराजय भोग्न सक्ने देखाएका छन्।
यस्तो अवस्थामा अदालतको बयानलाई लिएर नेतान्याहुले गरेको आलटाललाई विपक्षीहरूले समय लम्ब्याउने रणनीतिको रूपमा हेरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण