इरानसँग वार्ताका लागि इस्लामावाद आइपुग्यो अमेरिकी प्रतिनिधिमण्डल
शनिबार, २८ चैत २०८२, १२ : ०९
सारांश
- अमेरिकी उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल इरानसँगको वार्ताका लागि इस्लामावाद आइपुगेको छ।
- २१ वर्षपछि अमेरिकी उपराष्ट्रपति स्तरमा पाकिस्तानको यो पहिलो उच्चस्तरीय भ्रमण हो।
- वार्ताका लागि इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफ नेतृत्वको टोली पनि इस्लामावादमा उपस्थित छ।
इस्लामावाद । अमेरिकी उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा रहेको अमेरिकी प्रतिनिधिमण्डल पाकिस्तानको राजधानी इस्लामावाद आइपुगेको छ। शनिबार सो टोली इरानसँग वार्ताका लागि इस्लामावाद आइपुगेको हो ।
बीबीसीका अनुसार जेडी भान्स नेतृत्वको टोली लिएर वायुसेनाका दुई वटा विमान इस्लामावादमा अवतरण गरेका छन् । अमेरिकी उपराष्ट्रपति स्तरमा २१ वर्षपछि पाकिस्तानको पहिलो भ्रमण भएको हो । यसअघि तत्कालीन उपराष्ट्रपति डिक चेनीले सन् २००५ मा पाकिस्तानको भ्रमण गरेका थिए।
जेडी भान्सका साथमा अमेरिकी राष्ट्रपतिका विशेष दूत स्टिभ विटकफ र राष्ट्रपतिका ज्वाइँ जेरेड कुशनर पनि वार्ताका लागि इस्लामवाद आएका छन्।
इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफको नेतृत्वको इरानी प्रतिनिधिमण्डल पहिले नै इस्लामावाद आइपुगेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण