निर्माण उद्योगमा संकट : देशैभरका निर्माण व्यवसायीले मागे ‘कन्सट्रक्सन होलिडे’
सारांश
- अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ र निर्माण सामग्रीको मूल्य अत्यधिक बढेपछि नेपालका निर्माण व्यवसायीहरूले 'निर्माण आपतकाल' घोषणा गर्न सरकारसँग माग गरेका छन्।
- मूल्य समायोजन मार्ग निर्देशिका-२ को अभाव र सरकारी भुक्तानी नपाउँदा देशभरका राष्ट्रिय गौरवका आयोजना र रणनीतिक सडक निर्माण कार्य प्रभावित भएका छन्।
- निर्माण सामग्रीको चरम अभाव, दक्ष कामदारको कमी र बजारमा अनिवार्य नगद भुक्तानीको बाध्यताले गर्दा निर्माण क्षेत्र ठप्प हुने अवस्थामा पुगेको छ।
काठमाडौँ । पश्चिम एसियामा जारी द्वन्द्वको ठुलो प्रभाव नेपालको निर्माण क्षेत्रमा परेको छ । अमेरिका,इजराइल/इरानको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको भारी वृद्धि र निर्माण सामग्रीको अत्यधिक महँगीका कारण नेपालको निर्माण क्षेत्र ठप्प हुने अवस्थामा पुगेको छ ।
पश्चिम एसियामा जारी द्वन्द्वका कारण आपूर्ति प्रणालीमा आएको अवरोधका कारण इन्धन र निर्माण सामग्रीको भाउ अनियन्त्रित बनेपछि देशभरका निर्माण व्यवसायीहरूले ‘निर्माण आपतकाल’(कन्सट्रक्सन होलिडे) घोषणा गर्न सरकारसँग माग गरेका छन् ।
अहिले नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल निर्माण व्यवसायी महासंघ सातै प्रदेश तथा जिल्ला र नेपाल निर्माण उद्योग परिसंघले विज्ञप्ति जारी गर्दै कन्सट्रक्सन होलिडेको माग गरेका हुन्।
उनीहरूले विज्ञप्तीमार्फत् उनीहरूले सरकारको नीतिमाथि गम्भीर प्रश्न उठाएका छन् । बजारमा निर्माण सामग्रीको मूल्य आकासिएको तर राष्ट्र बैंकको मूल्य सूचकांकले मूल्य घटेको देखाउनु यो अव्यवहारिक प्रचलनका कारण व्यवसायीले मूल्य समायोजन पाउन नसकेको गुनासो गरेका छन् । साथै निर्माण क्षेत्रको मूल्य समायोजनका लागि तत्काल ‘मूल्य समायोजन मार्ग निर्देशिका–२’ जारी गर्न आग्रह गरेका छन् । यस्तै सबै अवधिका ठेक्काहरूमा मूल्य समायोजनको व्यवस्था गर्न माग गरेका छन् । ७०–७२ रुपैयाँ पर्ने डन्डी ९५ रुपैयाँ पुग्नु र ८५ रुपैयाँको बिटुमिन १४५ रुपैयाँ पुग्दा पनि सरकारी सूचकांकले बजारको वास्तविकता नदेखाउनु व्यवसायीका लागि ठुलो आर्थिक भार बनेको गुनासो छ ।
रणनीतिक सडकमा निर्माणमा ब्रेक
यता सरकारी पूर्वाधार आयोजना निर्माण प्रभावित हुन थालेको छ । निर्माण सामग्रीको मूल्य वृद्धि र अभावमा राजधानी जोड्ने मुख्य लाइफलाइनको रूपमा रहेको नागढुंगा–मुग्लिन सडक विस्तार र अरनिको राजमार्गअन्तर्गतको धुलिखेल–खावा सडक खण्डमा कालोपत्र गर्ने तथा अन्य निर्माणका कामहरू रोकिन थालेका छन् ।
यस्तै पूर्वपश्चिम राजमार्ग, हुलाकी राजमार्ग लगायतका राष्ट्रिय गौरवका आयोजना पनि निर्माणका काम प्रभावित हुन थालेका छन् । इन्धनको अभाव, बिटुमिनको मूल्यमा भएको अचाक्ली वृद्धि र ढुवानी भाडा महँगिएका कारण ठेकेदारहरूले साइटमा काम अगाडि बढाउन नसकेका हुन् । विशेष गरी कालोपत्र गर्ने मुख्य सिजनमा बिटुमिनको मूल्यमा भारी वृद्धि भएको र बजारमा सहजै पाउन नसक्दा यी रणनीतिक सडकहरूको निर्माण कार्य अन्योलमा परेको छ ।
इन्धनको मूल्यवृद्धिसँगै सवारीको भाडा बढ्दा लागत बढ्यो
द्वन्द्वको प्रभाव नेपालमा इन्धनको मूल्य भारी मात्रामा बढ्यो । चैत सुरु भएदेखि हालसम्म चार पटक मूल्य बढेर आएको छ । नेपाल आयल निगमले तीन पटक मूल्य बढाइसकेको छ । फागुन २१ पछि बनेको नयाँ सरकारले पेट्रोलियम पदार्थमा राहत दिने भन्दै मन्त्रिपरिषदमार्फत भन्सार महसुल र पूर्वाधार करमा ५० प्रतिशत छुट दिने निर्णय गर्यो । तर, यो निर्णयको प्रभाव सकारात्मक देखिनुको साटो उल्टो परिणाम आयो । कर छुटको घोषणालगत्तै सरकारले पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ र डिजेल/मट्टीतेलमा २५ रुपैयाँ वृद्धि गर्यो । यो सरकार आएपछि मात्रै पेट्रोलमा ४७ र डिजेलमा ५५ रुपैयाँ मूल्य बढिसकेको छ ।
यसको प्रत्यक्ष असर ढुवानीमा देखिएको छ । इन्धनको मूल्य बढेसँगै यातायात व्यवसायीले सार्वजनिक सवारी (यात्रुबाहकर ढुवानीका सवारी) साधनको भाडा समयोजनका लागि माग गरे । यससँगै यातायात व्यवस्था विभागले भाडा समायोजन गरिसकेको छ, यसमा ढुवानीका सवारीको भाडादर पहाडमा २१.६८ प्रतिशत र तराईमा १५.७५ प्रतिशत वृद्धि गरिएको छ । यस्तै बागमती प्रदेशमा प्रदेश सरकारले मालबाहक सवारीसाधनको भाडा २६.७९ प्रतिशत भाडा बढाएको छ । अब प्रति किलोमिटर टनको १८.७६ रुपैयाँ कायम गरिएको छ, पहिले १४.८० रुपैयाँ थियो ।
निर्माण व्यवसायीका अनुसार ढुवानी र इन्धनको यो वृद्धिले आयोजनाको लागत अनुमानभन्दा निकै माथि पुर्याएको छ ।

कति बढ्यो निर्माण सामग्रीको मूल्य ?
नेपाल निर्माण व्यवसायी महासंघका निवर्तमान अध्यक्ष रवि सिंहले वर्तमान परिस्थितिमा निर्माण क्षेत्रको काम अगाडि बढाउनै नसकिने बताए । ‘प्रत्येक दिन मूल्य बढिरहेको छ, सिमेन्टमा प्रतिबोरा ८० रुपैयाँ र डन्डीमा प्रति केजी ३० रुपैयाँसम्म वृद्धि भइसकेको छ,’ सिंहले भने, ‘सामान महँगो हुनु त एउटा पाटो भयो, पैसा तिर्छु भन्दा पनि बजारमा सामान पाइँदैन । उधारो र एलसीको साटो नगदै खोज्छन्, जुन व्यवसायीसँग छैन ।’
नेपाल निर्माण व्यवसायी महासंघका निवर्तमान अध्यक्ष रवि सिंहका अनुसार बजारमा अहिले निर्माण सामग्रीको मूल्य मात्र बढेको छैन, सामग्री नै पाउन छाडिएको छ । ‘डन्डीमा प्रतिकेजी ३० रुपैयाँ र सिमेन्टमा प्रतिबोरा ८० रुपैयाँसम्म वृद्धि भएको छ,’ सिंह भन्छन्, ‘यसअघि उधारोमा पाइने सामान अहिले नगद तिर्छु भन्दा पनि बजारमा अभाव छ ।’
सिंहले निर्माण सामग्रीको मूल्य प्रत्येक दिन बढिरहेको र बजारमा सामग्रीसमेत चरम अभाव देखिएको बताए । उनका अनुसार पछिल्लो केही हप्तामै सिमेन्टको मूल्य प्रतिबोरा ८० रुपैयाँसम्म बढेको छ भने डन्डीको मूल्यमा प्रति केजी २५ देखि ३० रुपैयाँसम्म वृद्धि भएको छ ।
सिंहका अनुसार केही समयअघि प्रति केजी ७०–७२ रुपैयाँमा पाइने डन्डीको मूल्य अहिले ९५ रुपैयाँ नाघिसकेको छ । त्यस्तै, ८५ रुपैयाँ पर्ने बिटुमिनको मूल्य बढेर १४० देखि १४५ रुपैयाँ पुगेको छ । मूल्य वृद्धिसँगै बजारमा निर्माण सामग्रीको उपलब्धतामा पनि समस्या देखिएको छ । ‘निर्माण सामग्री रेगुलर पाइँदैन, डन्डीका सबै साइजहरू उपलब्ध छैनन् र बिटुमिन तथा तेलको त झन् ठुलो समस्या छ,’ उनले भने ।
सिंहकाअनुसार अहिले बजारमा उधारोमा सामान पाउन छाडेको र अनिवार्य नगद भुक्तानी गर्नुपर्ने अवस्था आएको छ । अधिकांश आयोजना निर्माण पछि भुक्तानी हुने (भुक्तानीमा ढिलाई) हुँदा उधारो सामान ल्याउनु पर्ने बाध्यता हुन्छ तर अहिलेको अवस्थामा क्यास दिँदा पनि सामग्री नपाइने अवस्था सिर्जना भएकाले व्यापारीले उधारो सामान दिन आनाकानी गर्ने गरेका छन् । यसकारण पनि निर्माण कार्यलाई निरन्तरता दिन नसकेको उनको गुनासो छ ।
भुक्तानीमा समस्या र कामदार अभाव
साथै निर्माण क्षेत्रमा काम गर्ने दक्ष मजदुरहरूको समेत अभाव देखिन थालेको छ । विशेषगरी भारतबाट आउने कामदारहरू युद्ध र इन्धन अभावका कारण उत्पन्न असुरक्षा र मानसिक त्रासले गर्दा यसपालि नआएको सिंहले जानकारी दिए ।
निवर्तमान अध्यक्ष सिंहका अनुसार मूल्यवृद्धिसँगै मजदुरको अभाव अर्को मुख्य चुनौती हो । भारतबाट आउने दक्ष कामदारहरू इन्धन अभाव र मानसिक त्रासका कारण फर्किएका छन् ।
अर्कोतर्फ सरकारले व्यवसायीलाई दिनुपर्ने करिब ४० अर्ब रुपैयाँ भुक्तानी अझै रोकेर राखेको छ । बजेटमा नपरेका वा स्रोत सुनिश्चितता नभएका आयोजनाहरूको काम गराएर सरकारले भुक्तानी नदिएका कारण व्यवसायीहरू चरम आर्थिक संकटमा छन् ।
विभिन्न निर्माण व्यवसायीहरूले निकालेको विज्ञप्ति
_XO8MhKp79X.png)
_u5avMiKLOJ.png)
_yYhdhS5Yki.png)
_jV8cGd3zuq.png)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण