बायर्नले तोड्यो ५४ वर्ष पुरानो कीर्तिमान, उपाधि नजिक
सारांश
- बायर्न म्युनिखले बुन्डेसलिगाको एउटै सिजनमा सर्वाधिक १०२ गोल गर्दै ५४ वर्ष पुरानो कीर्तिमान तोडेको छ।
- सेन्ट पाउलीमाथि ५-० को सानदार जित निकाल्दै बायर्नले अंक तालिकामा १२ अंकको अग्रता बनाएको छ।
- बोरुसिया डर्टमन्ड पराजित भएपछि बायर्नको लिग उपाधि जित्ने सम्भावना थप बलियो बनेको छ।
म्युनिख । बायर्न म्युनिखले बुन्डेसलिगाको एउटै सिजनमा सबैभन्दा धेरै गोल गर्ने ५४ वर्ष पुरानो कीर्तिमान तोड्दै सेन्ट पाउलीमाथि ५–० को सानदार जित निकालेको छ। शनिबार राति भएको खेलमा फराकिलो जित निकालेसँगै भिन्सेन्ट कोम्पनीको टोलीले तालिकाको शीर्ष स्थानमा १२ अंकको स्पष्ट अग्रता बनाउँदै उपाधि रक्षाको आधार बलियो बनाएको हो।
खेलको नवौँ मिनेटमा कोनराड लेइमरको क्रसमा जमाल मुसियालाले डाइभिङ हेडमार्फत गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए। यो गोलसँगै बायर्नले सन् १९७१–७२ को सिजनमा राखेको १०१ गोलको आफ्नै ऐतिहासिक कीर्तिमान बराबरी गर्यो। पहिलो हाफमा मुसियालाको अर्को प्रहार पोस्टमा लागेर फर्किएको थियो भने किम मिन–जेले उत्कृष्ट ब्लक गर्दै सेन्ट पाउलीलाई बराबरी गर्नबाट रोकेका थिए।
दोस्रो हाफ सुरु भएको आठ मिनेटमै बायर्नले नयाँ इतिहास रच्यो। जोसुवा किमिचको फ्रिकिकमा लियोन गोरेट्ज्काले उत्कृष्ट भली गोल गर्दै सिजनको १०२ औँ गोल पूरा गरे, जुन बुन्डेसलिगा इतिहासकै एकै सिजनमा कुनै पनि टोलीले गरेको सर्वाधिक गोल हो।
त्यसको ७५ सेकेन्ड नबित्दै फ्रान्सेली विङ्गर माइकल ओलिसेले पेनाल्टी एरियाको छेउबाट बललाई जाली चुमाए। लगत्तै निकोलस ज्याक्सनले क्लोज रेन्जबाट गोल गर्दै स्कोर ४–० पुर्याए। खेलको ८९ औँ मिनेटमा राफायल गुरेरोले डिफेन्डरबाट बल खोस्दै पाँचौँ गोल थपेर जित सुनिश्चित गरे।
प्रतिद्वन्द्वी बोरुसिया डर्टमन्ड बायर लेभरकुसेनसँग १–० ले पराजित भएको फाइदा उठाउँदै बायर्नले लिगमा आफ्नो पकड झनै मजबुत बनाएको छ। अब लिगमा केवल पाँच खेल बाँकी रहँदा बायर्नको गोल अन्तर ७८ पुगेको छ।
चोटका कारण मैदान बाहिर रहेका मुसियालाले यो सिजन तेस्रो पटक मात्र सुरुवाती रोजाइमा खेल्ने अवसर पाएका थिए, जसमा उनले प्लेयर अफ द म्याच बन्दै जर्मन विश्वकप टोलीमा आफ्नो स्थान सुरक्षित गर्ने संकेत दिए।
आगामी बुधबार रियल मड्रिडविरुद्ध हुने च्याम्पियन्स लिगको क्वार्टरफाइनल दोस्रो लेगलाई ध्यानमा राख्दै प्रशिक्षक कोम्पनीले कप्तान ह्यारी केनलाई बेन्चमै आराम दिएका थिए। पहिलो लेगमा २–१ को अग्रता लिएको बायर्न अब उच्च मनोबलका साथ युरोपेली भिडन्तको तयारीमा जुटेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण