बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘स्ट्रेट अफ हर्मुज इरानको होइन’

आइतबार, २९ चैत २०८२, २० : ३९
आइतबार, २९ चैत २०८२

सारांश

  • युएईका मन्त्री सुल्तान अहमद अल जाबेरले स्ट्रेट अफ हर्मुजमा इरानको नियन्त्रण नरहेको बताएका छन्।
  • उनले इरानद्वारा उक्त जलमार्ग बन्द गर्ने प्रयास विश्वव्यापी आर्थिक जीवनरेखाका लागि खतरा भएको टिप्पणी गरेका छन्।
  • इरानको चेतावनीका कारण अन्तर्राष्ट्रिय बजारमा तेल र ग्यासको मूल्यमा वृद्धि भएको छ।

काठमाडौँ । स्ट्रेट अफ हर्मुज बन्द गर्ने इरानी प्रयासको संयुक्त अरब इमिरेट्स (युएई) का उद्योग मन्त्री तथा अबुधाबीको सरकारी तेल कम्पनीका प्रमुख सुल्तान अहमद अल जाबेर कडा विरोध गरेका छन् । स्ट्रेट बन्द गर्न वा खोल्नका लागि इरानको नभएको उनले बताए । 

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै अल जाबेरले उक्त स्ट्रेट “कहिल्यै पनि इरानको नियन्त्रणमा नरहेको” र यसलाई बन्द वा प्रतिबन्ध गर्ने कुनै अधिकार नभएको बताएका छन्। उनले यस्तो कदमलाई “विश्वव्यापी आर्थिक जीवनरेखा अवरुद्ध गर्ने र ऊर्जा, खाद्य तथा स्वास्थ्य सुरक्षामाथि प्रत्यक्ष खतरा” का रूपमा वर्णन गरेका छन् ।

गत फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि तेहरानले सो जलमार्ग प्रयोग गर्ने जहाजहरूलाई “आगो लगाइदिने” चेतावनी दिएको बताइएको छ। यसका कारण तेल तथा ग्यास ढुवानी लगभग ठप्प भएको छ र अन्तर्राष्ट्रिय बजारमा मूल्य तीव्र रूपमा बढेको छ ।

अल जाबेरले चेतावनी दिँदै भनेका छन्, “यस्तो नजिर बसाल्नु गैरकानुनी, खतरनाक र अस्वीकार्य छ। विश्वले यस्तो अवस्था वहन गर्न सक्दैन र यसलाई हुन दिनु हुँदैन ।” स्ट्रेट अफ हर्मुज विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग हो । यहाँबाट विश्वको झन्डै २० प्रतिशत तेल आपूर्ति हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप