विराटनगरमा दुई अटो टेम्पोसहित ११ लाख भन्दा बढीको भन्सार छलीका सामान बरामद
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरबाट भन्सार छली गरेर ल्याइएका ११ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरका अवैध सामानसहित दुई वटा अटो टेम्पो बरामद गरेको छ।
प्रहरीले दिएको जानकारी अनुसार मिति २०८१ चैत २९ गते विराटनगर महानगरपालिका वडा नं. ६ स्थित इलाकाबाट भारतबाट भन्सार छली ल्याइएका उक्त सामानहरु नियन्त्रणमा लिइएको हो। विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा को २ ह ३२४५ र को २ ह ३५८९ नम्बरका दुईवटा अटो टेम्पोमा लोड गरी विराटनगरतर्फ ल्याउँदै गरेको अवस्थामा सामानहरु फेला पारेको थियो।
बरामद गरिएका सामानहरुमा ठूलो परिमाणमा तयारी लत्ताकपडा र खाद्यान्न रहेका छन्। जसअन्तर्गत विभिन्न प्रकारका कुर्ता सुरुवाल सेट, हाफ कुर्ता, पुरुष हाफ भेष्ट, लेडिज टप्स, बच्चाको कुर्ती, महिलाको मेक्सी लगायतका कपडाहरू रहेका छन्। त्यस्तै, ५ बोरा (१९० के.जी) हरियो मटर दाना पनि प्रहरीले बरामद गरेको छ।
प्रहरीको मुचुल्का अनुसार बरामद भएका लत्ताकपडा र मटर दानाको अन्दाजी मूल्य ८ लाख ११ हजार ५ सय ५० रुपैयाँ रहेको छ भने सामान ओसारपसारमा प्रयोग गरिएका दुईवटा अटो टेम्पोको मूल्य ३ लाख रुपैयाँ कायम गरिएको छ। समग्रमा कुल ११ लाख ११ हजार ५ सय ५० रुपैयाँ बराबरको सामाग्री बरामद भएको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले बरामद गरिएका अटो टेम्पो र सम्पूर्ण सामानहरुलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय रानी, विराटनगर पठाइएको जानकारी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभाअन्तर्गतका तीन समितिको बैठक बस्दै
-
भारतीय बजार मूल्यलाई आधार मानेर औषधिको मूल्य समायोजन गर्ने प्रस्ताव
-
लगातार ३० दिन केरा खाँदा शरीरमा आउँछन् यस्ता परिवर्तन
-
नयाँ योजनाभन्दा पुराना कार्यक्रमलाई अभियानका रूपमा निरन्तरता दिँदै धनगढी उपमहानगर
-
रौतहट प्रहरीको वार्षिक उपलब्धि : ६ करोडको तस्करीका सामान बरामद, ४४८ फरार प्रतिवादी पक्राउ
-
फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण