संसद्
सङ्घीय संसद्का २ संयुक्त समितिमा राष्ट्रिय सभातर्फका सदस्य मनोनीत
सोमबार, ३० चैत २०८२, १६ : ३५
सारांश
- सङ्घीय संसद्का दुई संयुक्त समितिमा राष्ट्रिय सभाका तर्फबाट सदस्यहरू मनोनीत भएका छन् ।
- संसदीय सुनुवाइ समितिमा आनन्दप्रसाद ढुङ्गाना, नरबहादुर विष्ट र प्रेमप्रसाद दंगाललाई मनोनीत गरिएको छ ।
- राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा किरणबाबु श्रेष्ठ, मदनकुमारी शाह र डा.अञ्जान शाक्यलाई चयन गरिएको छ ।
काठमाडौँ । सङ्घीय संसद्का दुई संयुक्त संसदीय छानबिन समितिमा राष्ट्रिय सभाका तर्फबाट सदस्यहरू मनोनीत भएका छन् ।
सङ्घीय संसद् सचिवालय कार्यव्यवस्था महाशाखा, राष्ट्रिय सभाले सोमबार विज्ञप्ति जारी गर्दै दुई संयुक्त समिति संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा ३–३ सांसदलाई सदस्य मनोनयन गरेको जानकारी दिएको छ ।
उपसचिव अनन्तप्रसाद कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा संसदीय सुनुवाइ समितिमा आनन्दप्रसाद ढुङ्गाना, नरबहादुर विष्ट र प्रेमप्रसाद दंगाल तथा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा किरणबाबु श्रेष्ठ, मदनकुमारी शाह (गरिमा) र डा.अञ्जान शाक्यलाई मनोनीत गरिएको उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण