छत्तीसगढको वेदान्त पावर प्लान्टमा भीषण विस्फोटः ९ जनाको मृत्यु, ३० घाइते
नयाँ दिल्ली । भारतको छत्तीसगढस्थित शक्ती जिल्लाको सिंंहीतराईमा रहेको वेदान्त पावर प्लान्टमा मंगलबार भीषण बोइलर विस्फोट हुँदा कम्तीमा ९ जना मजदुरको मृत्यु भएको छ भने ३० जनाभन्दा बढी घाइते भएका छन् ।
अचानक भएको यस दुर्घटनापछि प्लान्ट परिसरमा आगो र धुवाँको मुस्लो फैलिनुका साथै मजदुरहरूमा भागदौड मच्चिएको थियो । विस्फोट यति शक्तिशाली थियो कि नजिकैका श्रमिकहरू ज्यान बचाउन यताउता भाग्न थालेका थिए । दुर्घटनास्थलमा अहिले पनि उद्धार कार्य जारी छ ।
प्राप्त जानकारी अनुसार दुर्घटनाको समयमा प्लान्टमा ठुलो संख्यामा मजदुर कार्यरत थिए । करिब ३० जना मजदुर घाइते भएको सूचना छ, जसमध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेहरूलाई तत्काल नजिकका अस्पतालहरूमा भर्ना गरी उपचार भइरहेको छ । घटनाको जानकारी पाउनेबित्तिकै जिल्ला प्रशासन, प्रहरी र राहत टोली घटनास्थलमा पुगेर तुरुन्तै उद्धार कार्य सुरु गरेको थियो ।
प्रत्यक्षदर्शीका अनुसार, विस्फोटपछि प्लान्टमा भागदौडको स्थिति उत्पन्न भएको थियो । धेरै मजदुर आगोले जलेका छन् भने केहीलाई गम्भीर चोटपटक लागेको छ । उद्धार टोलीले घाइतेहरूलाई सुरक्षित रूपमा बाहिर निकालेर अस्पताल पुर्याएको थियो । प्रशासनले घटनास्थललाई घेराबन्दी गरी थप अनुसन्धान सुरु गरेको छ ।
दुर्घटनाका कारणहरूको विस्तृत अनुसन्धानका लागि प्राविधिक विज्ञहरूको टोली गठन गरिएको छ । प्रहरी उपरीक्षक प्रफुल ठाकुरका अनुसार, प्रारम्भिक जाँचमा बोइलरको ट्युब फुट्नाले यो दुर्घटना भएको हो ।
प्रहरी उपरीक्षक ठाकुरले अहिलेसम्म ९ जना मजदुरको मृत्युको पुष्टि भएको र दशभन्दा बढी मजदुर गम्भीर रूपमा घाइते भएको जानकारी दिए । उनले केही मजदुर अझै पनि प्लान्ट परिसरमा फसेको आशंका रहेको र उनीहरूलाई निकाल्नका लागि राहत तथा उद्धार टोलीले लगातार प्रयास गरिरहेको बताए । विस्तृत अनुसन्धानपछि मात्र दुर्घटनाको वास्तविक कारण बाहिर आउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण