कैलालीमा हाईस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
सारांश
- कैलालीको लम्कीचुहा नगरपालिकामा हाईस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
- दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
- प्रहरीले हाईस नियन्त्रणमा लिएको छ भने फरार चालकको खोजी कार्य भइरहेको छ।
धनगढी । कैलालीमा हाईस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका–७ गुलारामा मंगलबार साँझ सुदूरपश्चिम प्रदेश ०१००१ ज १४२१ नम्बर हाईस र सुदूरपश्चिम प्रदेश ०१०१३ प ५१३९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलमा सवार लम्कीचुहा नगरपालिका–८ बस्ने ३३ वर्षीय गगन राना मगर र २४ वर्षीय पुष्प सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए। उनकाअनुसार गम्भीर अवस्थाका दुवै जनालाई उपचारको लागि टीकापुर अस्पताल लगिएकोमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको हो।
हाईस प्रहरीको नियन्त्रणमा रहेको छ भने चालकको खोजतलास भइरहेको प्रहरीले जनाएको छ। हाईस धनीलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण