बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

च्याम्पियन्स लिगमा गोलको वर्षाः ७ गोलको थ्रिलरमा रियल म्याड्रिडलाई हराउँदै बायर्न सेमिफाइनलमा

बिहीबार, ०३ वैशाख २०८३, ०३ : ५७
बिहीबार, ०३ वैशाख २०८३

सारांश

  • च्याम्पियन्स लिगको क्वाटरफाइनल खेलमा बायर्न म्युनिखले रियल म्याड्रिडलाई ४-३ गोल अन्तरले पराजित गरेको छ।
  • यो जितसँगै समग्रमा ६-४ को अग्रता कायम गर्दै बायर्न म्युनिख प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
  • रियल म्याड्रिडका खेलाडी एडुआर्डो कामाभिंगाले रातो कार्ड पाएपछि खेल बायर्नको पक्षमा मोडिएको थियो।

काठमाडौँ  । च्याम्पियन्स लिगको क्वाटरफाइनल अन्तर्गतको बिहीबार भएको लेगमा जर्मन क्लब बायर्न म्युनिखले स्पेनी महारथी रियल म्याड्रिडलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ । अत्यन्तै रोमान्चक र नाटकीय बनेको खेलमा बायर्नले रियल म्याड्रिडलाई ४–३ गोल अन्तरले पराजित गर्‍यो ।

यो जितसँगै बायर्न म्युनिख समग्रमा ६९४ को अग्रताका साथ च्याम्पियन्स लिगको अन्तिम चारमा प्रवेश गरेको छ ।

खेलको सुरुवातदेखि नै दुवै टोली आक्रामक देखिएका थिए । रियल म्याड्रिडले खेलको पहिलो मिनेटमै टर्किस युवा स्टार आर्डा गुलरको गोलबाट सनसनीपूर्ण अग्रता लिएको थियो । तर, बायर्नले धेरै बेर पछि पर्नु परेन। खेलको छैटौं मिनेटमा एलेक्सान्डर पाभ्लोभिचले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

पहिलो हाफ गोलमय रह्यो । २९ औँ मिनेटमा गुलरले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई पुनः अग्रता दिलाए । त्यसको ९ मिनेटपछि, ३८ औँ मिनेटमा बायर्नका स्टार स्ट्राइकर ह्यारी केनले गोल फर्काउँदै खेल २–२ को बराबरीमा ल्याए । तर, पहिलो हाफको अन्त्यतिर ४२ औँ मिनेटमा केलियन एमबाप्पेले गोल गरेपछि रियलले ३९२ को अग्रतासहित पहिलो हाफ सकायो ।

दोस्रो हाफमा खेल थप तनावपूर्ण बन्यो। खेलको ८६ औँ मिनेटमा एडुआर्डो कामाभिंगाले रातो कार्ड पाएपछि रियल म्याड्रिड १० खेलाडीमा सीमित भयो, जुन खेलको निर्णायक मोड बने । दश खेलाडीमा सीमित रियलविरुद्ध बायर्नले अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्‍यो । ८९ औँ मिनेटमा लुइस डियाजले गोल गर्दै खेललाई ३९३ को बराबरीमा ल्याए। त्यसपछि, खेलको अतिरिक्त समयमा माइकल ओलिसेले विजयी गोल गर्दै बायर्नलाई अविश्वसनीय जित दिलाए ।

त्यस्तै बिहीबार नै  आर्सनल र स्पाेर्टिङबिच भएकाे अर्काे खेलमा गाेल रहित बराबरीमा टुगि‌ंदा आर्सनल प्रतियाेगिताबाट बाहिरिन पुगकाे छ भने स्पाेर्टिङ् सेमीफाइनल प्रवेश गरेकाे छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप