शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

३४ वर्षपछि बिहीबार प्रत्यक्ष वार्ता गर्दैछन् इजरायल र लेबनानका नेताहरु

बिहीबार, ०३ वैशाख २०८३, १३ : १८
बिहीबार, ०३ वैशाख २०८३

सारांश

  • इजरायल र लेबनानका नेताहरूबीच ३४ वर्षपछि पहिलो पटक प्रत्यक्ष वार्ता हुन लागेको छ।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबीच वार्ताको पहल भइरहेको जानकारी दिएका छन्।
  • लेबनानमा भइरहेको इजरायली सैन्य आक्रमणका कारण हालसम्म दुई हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

वासिङ्टन डीसी । इजरायल र लेबनानका नेताहरूबिच ३४ वर्षमा पहिलो पटक प्रत्यक्ष संवाद हुन लागेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार आफ्नो सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन् । ‘इजरायल र लेबनानबिच केही राहत ल्याउने प्रयास’ भइरहेको उनले उल्लेख गरेका छन्, वार्तामा कुन कुन नेताहरू सहभागी हुन्छन् भन्ने कुरा उनले खुलाएका छैनन् ।’

यो घोषणा वासिङ्टन डीसीमा दुवै देशका राजदूतहरूबिच ३० वर्षभन्दा बढी समयपछि भएको प्रत्यक्ष कूटनीतिक वार्ताको भोलिपल्ट आएको हो । लेबनानले आफ्नो देशमाथि भइरहेको इजरायली आक्रमण रोक्न आग्रह गर्दै आएको छ ।

लेबनान हाल इरान युद्धमा तानिएको छ । इरानमाथि भएको आक्रमणको विरोधमा हिजबुल्लाहले इजरायलमाथि रकेट आक्रमण गरेको थियो । इजरायलद्वारा इरानी सर्वोच्च नेता आयतुल्ला अली खामेनीको हत्या र युद्धविराम उल्लङ्घन गरिएको भन्दै प्रतिकार स्वरूप समूहले आक्रमण गरेको थियो । 

त्यसयता इजरायली आक्रमणमा लेबनानमा २ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने करिब १२ लाख मानिस विस्थापित भएका छन् । इजरायलले दक्षिणी लेबनानमा स्थल आक्रमणसमेत विस्तार गर्दै ‘सुरक्षा क्षेत्र’ बनाउन खोजिरहेको जनाएको छ । 

यसैबिच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले दक्षिणी लेबनानतर्फ सैनिक कारबाही थप विस्तार गर्न निर्देशन दिएका छन् । उनले सैन्य कारबाहीसँगै कूटनीतिक वार्ता पनि जारी राख्दै हिजबुल्लाहलाई निशस्त्रीकरण गर्ने र दीर्घकालीन शान्ति कायम गर्ने लक्ष्य रहेको बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप