मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

वोधनारायणले पाए संसदीय सुनुवाइ समितिको जिम्मेवारी

बिहीबार, ०३ वैशाख २०८३, १४ : ३०
बिहीबार, ०३ वैशाख २०८३

सारांश

  • धादिङ क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद वोधनारायण श्रेष्ठले संसदीय सुनुवाइ समितिको सभापतिको जिम्मेवारी पाएका छन्।
  • बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई उक्त महत्त्वपूर्ण जिम्मेवारी दिएको हो।

काठमाडौँ । धादिङ क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद वोधनारायण श्रेष्ठ संसदीय सुनुवाइ समितिको सभापति पाएका छन् । फागुन २१ मा भएको निर्वाचनमा श्रेष्ठ रास्वपाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । 

बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई महत्त्वपूर्ण जिम्मेवारी दिएको हो । श्रेष्ठ माओवादी पृष्ठभूमिबाट रास्वपामा आएका हुन् । 

संवैधानिक निकायका पदाधिकारी, सर्वोच्च अदालतका प्रधानन्यायाधीश, न्यायाधीश, राजदूतहरुको सुनुवाइ हुने भएकाले यो समितिलाई महत्त्वपूर्ण मानिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप