महान्यायाधिवक्ता कँडेलको योग्यतामाथि प्रश्न उठाउँदै दायर रिटको दरपिठलाई सर्वोच्चले गर्यो सदर
सारांश
- महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको योग्यतामाथि प्रश्न उठाउँदै दायर भएको रिटमा सर्वोच्च अदालतले दरपिठ सदर गरेको छ।
- न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले यसअघि रजिस्ट्रारले गरेको दरपिठ आदेशलाई नै मान्यता दिएको छ।
- सर्वोच्चको यो निर्णयसँगै महान्यायाधिवक्ता कँडेललाई काम गर्ने बाटो खुलेको छ।
काठमाडौँ । महान्यायाधिवक्ता डा.नारायणदत्त कँडेलको योग्यता माथि प्रश्न उठाउँदै दायर भएको रिटमा सर्वोच्चको प्रशासनिक आदेशबाट भएको दरपिठलाई सर्वोच्च अदालतले सदर गरेको छ ।
सर्वोच्चका न्यायाधीश डा.मनोजकुमार शर्माको एकल इजलासले बिहीबार रिट दर्ता अस्वीकार गर्ने गरी यसअघि रजिस्ट्रार भद्रकाली पोखरेलले गरेको दरपिठ आदेश सदर गर्ने निर्णय गरेको हो ।
दरपिठ आदेश सदरपछि महान्यायाधिवक्ता कँडेललाई काम गर्न बाटो खुलेको छ । दरपिठ आदेशविरुद्ध अधिवक्ता माधव बस्नेतले गत चैत ३० गते भिन्नै निवेदन दिएका थिए । बस्नेतले दरपिठ आदेशलाई ‘बेरित’को दाबी गर्दै बदर गर्न माग गरेका थिए ।
रजिस्ट्रार पोखरेलले जारी गरेको आदेशमा असाधारण अधिकार क्षेत्रअन्तर्गत दर्ताका लागि पेस हुन आएको निवेदन दर्ता गर्न नमिल्ने उल्लेख थियो । संविधानतः सर्वोच्च अदालतका न्यायाधीशसरह रहने महान्यायाधिवक्ता पदका लागि कम्तीमा १५ वर्ष निरन्तर वकालत गरेको हुनुपर्ने सर्त तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विश्वकप फुटबलको उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्दै, टेकुमा गोली चल्यो
-
गुयानाको तटमा ११६ जना बोकेको डुङ्गा डुब्दा दर्जनौँ व्यक्ति हताहत भएको आशङ्का
-
प्रहरी महानिरीक्षक कार्की थाइल्यान्ड प्रस्थान
-
पशुपतिनाथमा साउने सोमबारमा दर्शनार्थीलाई सहजै दर्शनको व्यवस्था
-
विश्व निकेतन विद्यालयमा ‘स्मार्ट क्लासरुम’ सञ्चालन
-
उत्कृष्ट पाँच मनोनयन सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण