बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अर्थतन्त्र

पेट्रोल भन्दामाथि किन पुग्यो डिजेलकाे मूल्य ?

बिहीबार, ०३ वैशाख २०८३, १८ : १७
बिहीबार, ०३ वैशाख २०८३

काठमाडौँ । डिजेलको मूल्य पेट्रोलको भन्दामाथि पुगेको छ । नेपाल आयल निगमले बुधबार समायोजन गरेको नयाँ मूल्यदर अनुसार पेट्रोलको मूल्य प्रतिलिटर अधिकतम २१९ रुपैयाँ कायम हुँदा डिजेलको मूल्य भने २३७ रुपैयाँ पुगेको छ ।

यसरी डिजेलको मूल्यले पेट्रोललाई उछिनेको घटना सम्भवतः पहिलोपटक हो । नेपाल आयल निगमका निर्देशक विनितमणि उपाध्याय आफूलाई डिजेल महँगो भएको अहिलेसम्म थाहा नभएको बताउँछन् ।

किन महँगो बन्यो डिजेल ?

पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धन सबै कच्चा तेल (क्रुड आयल) बाटै बन्ने हुन् । अहिले पश्चिम एसियाको द्वन्द्वले क्रुड आयल महँगिँदा यसको मूल्य स्वाभाविक रूपमा बढेको छ ।

तर, डिजेलको मूल्य बढ्नुको कारण भने यसको माग पक्ष रहेको आयल निगमका पूर्व नायव कार्यकारी निर्देशक सुशील भट्टराई बताउँछन् ।

पेट्रोल तुलनात्मक रूपमा हलुवा सवारी साधन र घरायसी प्रयोजनको लागि प्रयोग हुने भएकोले मूल्य बढ्ने बित्तिकै माग घट्छ । तर, डिजेल त्यस्तो हुँदैन । यो हेभी सवारी साधन र औद्योगिक प्रयोजनको लागि प्रयोग हुने भएकोले यसको माग मूल्य घट्ने बित्तिकै नघट्ने भट्टराई बताउँछन्।

अमेरिका–इरान युद्धपछि यतिबेला पश्चिम एसियामा रहेका रिफाइनरीमा समेत क्षति पुगेको छ । क्षति नभएका पश्चिम एसियाली मुलुकका रिफाइनरीबाट पनि तयारी तेल आउन नसक्दा समेत यसले मूल्य बढाएको भट्टराईको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप