स्थानीय तहलाई उन्नत बीउ उत्पादनमा अनुदान लिन आह्वान
काठमाडौँ । कृषि विभागले उन्नत बीउ उत्पादनमा प्रोत्साहन अनुदान कार्यक्रममा सहभागी हुन स्थानीय तहलाई आह्वान गरेको छ । विभागले स्थानीय तहले उन्नत बीउ माग तथा बीउ उत्पादकले आपूर्तिको अवस्था तथा विवरण पठाउन यही वैशाख १० गतेसम्म समयसिमा तोकेको हो ।
विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले स्थानीय तहमार्फत उत्पादन हुने उन्नत बीउबिजनको प्रयोगमा मूल्य अनुदानमा सहभागी हुन बीउ उत्पादक तथा सम्बन्धित स्थानीय तहलाई आग्रह गरे ।
कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले विभागद्वारा उन्नत बीउबिजन उत्पादनमा प्रोत्साहनस्वरूप अनुदान उपलब्ध गराइँदै आएको छ । अनुमति प्राप्त स्रोत बीउ उत्पादकका हकमा मोटो/मध्यम प्रकृतिका जातका लागि प्रतिकेजी रु २०, मसिनो प्रकृतिका जातका लागि प्रतिकेजी रु २३ र खुमल शृङ्खलाका जातका हकमा प्रतिकेजी रु ३४ अनुदान रकम उपलब्ध गराउने विभागले जनाएको छ ।
महानिर्देशक सञ्जेलका अनुसार उन्नत बीउ उत्पादकका हकमा मोटो/मध्यम प्रकृतिका जातहरूका लागि प्रतिकेजी रु १७, मसिनो प्रकृतिका जातहरूका लागि प्रतिकेजी रु २२ र खुमल शृङ्खलाका जातहरूका हकमा प्रतिकेजी रु ३० अनुदान रकम उपलब्ध गराइने छ ।
उन्नत बीउ प्रयोगमा किसानलाई अनुदानका हकमा सबै जातका धानमा कार्यविधिबमोजिम तोकिएको मूल्यको ५० प्रतिशत अनुदान उपलब्ध गराउने विभागले जनाएको छ ।
---
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण