म सहजै एक्सेस दिने मान्छे हो, नयाँ नजिर स्थापित गर्नुपर्छ : सभामुख
सारांश
- सभामुख डोलप्रसाद अर्यालले संसदीय गतिविधि र सार्वजनिक पहुँचलाई थप सरल एवं पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
- उनले विगतका पुराना नजिरहरूलाई परिवर्तन गर्दै समाजको आवश्यकता अनुसार नयाँ नजिर स्थापित गर्ने बताएका छन्।
- सभामुख अर्यालले पत्रकारहरूले संसद् प्रवेशमा भोग्दै आएका समस्या समाधान गर्न सुरक्षा निकाय र सचिवालयसँग छलफल गर्ने आश्वासन दिएका छन्।
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले संसदीय गतिविधि र सार्वजनिक पहुँचलाई सरल एवं पारदर्शी बनाउन आफू प्रतिबद्ध रहेको बताएका छन् । शुक्रबार सिंहदरबारमा आयोजित पत्रकारहरूसँगको अन्तर्क्रियामा बोल्दै उनले आफू सहजै पहुँच (एक्सेस) दिने व्यक्ति भएको उल्लेख गर्दै विगतका कतिपय पुराना नजिरहरूलाई छाडेर समाजको आवश्यकताका आधारमा नयाँ नजिर स्थापित गर्ने बताए ।
अन्तर्क्रियाका क्रममा पत्रकारहरूले उठाएका प्रश्नको जवाफ दिँदै सभामुख अर्यालले संसदमा देखिएका समस्याहरूलाई कहाँ र कसरी समाधान गर्न सकिन्छ भन्नेमा आफ्नो गम्भीर ध्यान गएको बताए। हालको संसद कक्ष साँघुरो भएका कारण केही व्यवस्थापकीय कठिनाइ देखिएको स्वीकार गर्दै उनले भने, ‘अहिलेको संसद् भवन नभएकाले संसद कक्ष साँघुरो छ, त्यसैले केही समस्या भएको हो । बैठक कक्षको उचित व्यवस्थापन भएपछि यी सबै कुरा सुध्रिनेछन् ।’
सभामुख अर्यालले नागरिक र सञ्चारकर्मीका लागि संसद्लाई खुला र मैत्रीपूर्ण बनाउने योजना सुनाए । पत्रकारहरूले सिंहदरबारको गेटमा भोग्नुपरिरहेको प्रवेश समस्याका बारेमा उनले सुरक्षा निकायसँग समन्वय गरेर समाधान खोज्ने आश्वासन दिए ।
गेटबाट पत्रकार छिर्न नदिएको विषय सुरक्षा दृष्टिकोणले हेरिने भए पनि आफूले सम्बन्धित पक्षलाई बोलाएर छलफल गरी यसमा सुधार ल्याउने उनले बताए ।
साथै, संसदीय समिति र संसद् बैठकमा पत्रकारहरूको प्रवेशलाई अझ सहज र व्यवस्थित बनाउन आफूले सचिवालयसँग तत्काल छलफल अगाडि बढाउने प्रतिबद्धता समेत व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण