आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

सात महिनामा काठमाडौँमा ५ हजार ५६६ जाहेरी दर्ता, चार हजार २७९ पक्राउ

शुक्रबार, ०४ वैशाख २०८३, १६ : २६
शुक्रबार, ०४ वैशाख २०८३

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँ र मातहतका वृत्तहरूमा पछिल्लो ७ महिनामा ५ हजार ५६६ जाहेरी दर्ता भएको छ। 

जाहेरी दर्ता भएपछि ४ हजार २७९ जनालाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए । शुक्रवार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘आरोपीहरू पक्राउ परेर अभियोजनको क्रममा छन्।’ 

सबैभन्दा धेरै मुद्दा भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा दर्ता भएको छ । ७ महिनाको अवधिमा  १ हजार ९९९ मुद्दा परिसरमा दर्ता भएको एसपी भट्टराईले बताए।

परिसर भन्दापछि सबैभन्दा धेरै मुद्दा प्रहरी वृत्त महाराजगञ्ज, बौद्ध र बालाजुमा दर्ता भएको भेटिएको छ। 

काठमाडौँमा दैनिक ५० देखी ५५ वटा जाहेरी दर्ता हुने गरेका छन् । बैंकिङ कसुरको मुद्दा सबैभन्दा धेरै दर्ता हुने गरेको एसपी भट्टराईले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप