बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

आइतबार पनि अन्तरङ्ग र आकस्मिक सेवा सुचारु हुने

शुक्रबार, ०४ वैशाख २०८३, १७ : ०५
शुक्रबार, ०४ वैशाख २०८३

सारांश

  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार पनि अस्पतालका अन्तरङ्ग र आकस्मिक सेवाहरू २४ सै घण्टा सुचारु रहने जानकारी दिएको छ।
  • मन्त्रालयले बिदाका दिनमा बिरामीले सास्ती नभोगुन् भनी अस्पतालहरूलाई सेवा सुचारु राख्न र एम्बुलेन्स तयारी अवस्थामा राख्न निर्देशन दिएको छ।

काठमाडौँ । अस्पतालमा आइतबार पनि अन्तरङ्ग र आकस्मिक सेवाहरू २४ सै घण्टा सुचारु हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै साे कुराकाे जानकारी दिएकाे हाे ।

विज्ञप्तिमा ‘हप्तामा दुई दिन बिदा’को नीति अनुरूप आइतबारका पूर्व निर्धारित शल्यक्रिया लगायतलाई बिरामीको सहजता हेरी रिसेड्युल गरेर अन्तरङ्ग र आकस्मिक सेवा २४ सै घण्टा सुचारु गरिने जनाइएकाे छ ।

मन्त्रालयले बिदाका दिनहरूमा बिरामीले कुनै सास्ती भोग्न नपरोस् भनी अस्पतालहरूले सम्भव भएसम्मका सेवा प्रदान गर्न, उपलब्ध नभएका सेवाका लागि नजिकैको उपयुक्त अस्पतालमा सहज रूपमा रेफर गर्न र एम्बुलेन्सहरू तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउन समेत अस्पतालहरूलाई अनुरोध गरेको छ । 

668557339_850076091443711_3389463127883966507_n

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप