ठमेलबाट नक्कली नोटसहित दुई जना पक्राउ
काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलबाट प्रहरीले ५०० दरका २८ वटा नक्कली नोटसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले उनीहरूलाई ठमेलस्थित सूर्य हेरिटेज होटल नजिकैबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा रौतहटको फूलबारी घर भई हाल ललितपुरको चापागाउँ बस्ने ३२ वर्षीय राम कुमार पाख्रिन र सिन्धुलीको घ्याङलेख गाउँपालिका–५ घर भई हाल ललितपुरकै इमाडोल बस्ने २४ वर्षीय शिव घिसिङ रहेका छन्। प्रहरीले पाख्रिनको साथबाट ५०० दरका २७ वटा र घिसिङको साथबाट १ वटा गरी कुल २८ वटा नक्कली नेपाली नोट बरामद गरेको छ।
प्रहरी उपरीक्षक एवं प्रवक्ता पवन कुमार भट्टराईका अनुसार पक्राउ परेका दुवै जनालाई काठमाडौं जिल्ला अदालतमा पेश गरी थप अनुसन्धानका लागि ५ दिनको म्याद लिइएको छ।
उनीहरूले यी नक्कली नोट कहाँबाट ल्याए र बजारमा कहाँ(कहाँ प्रयोग गरे भन्नेबारे प्रहरीले गहिरो अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरमा आगामी आर्थिक वर्षका लागि बहाल करको दर हेरफेर
-
राप्रपा केन्द्रीय समिति बैठक आजदेखि, एक समूहद्वारा बहिष्कारको तयारी
-
राप्रपा अध्यक्ष लिङ्देनलाई दिलविकास राजभण्डारीको खुला पत्र, केन्द्रीय कार्यालय खाली गर्न माग
-
तीन मौसमी वायुको प्रभाव : आज कुन-कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
क्यानडाद्वारा कतार ६–० ले पराजित, जोनाथन डेभिडको सानदार ह्याट्रिक
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण