क्रिकेटर युजवेन्द्रसँगको प्रेम चर्चा बारे के भन्छिन् शेफाली ?
सारांश
- स्पोर्ट्स एङ्कर शेफाली बग्गाले भारतीय क्रिकेटर युजवेन्द्र चहलसँगको प्रेम सम्बन्धको हल्लालाई पूर्ण रूपमा अस्वीकार गरेकी छन्।
- उनले आफ्नो व्यक्तिगत जीवनलाई पेसागत जीवनसँग मिसाउन नचाहने बताउँदै कहिल्यै कुनै क्रिकेटरसँग विवाह नगर्ने स्पष्ट पारेकी छन्।
- शेफालीले विराट कोहलीको जस्तै व्यक्तित्व र प्रतिबद्धता भएको पुरुष आफ्नो जीवनसाथीको रूपमा खोजिरहेको खुलासा गरेकी छन्।
मुम्बई । भारतीय क्रिकेट टोलीका स्पिनर युजवेन्द्र चहल र चर्चित स्पोर्ट्स एङ्कर शेफाली बग्गाबिचको अफेयरको हल्लाले यतिबेला सामाजिक सञ्जाल तातिरहेको छ । शेफालीको नाम चहलसँग जोडिन थालेपछि उनले अन्ततः यस विषयमा आफ्नो मौनता तोडेकी छन् ।
हालै एक पडकास्टमा कुरा गर्दै शेफालीले यी सबै हल्लाहरूलाई पूर्ण रूपमा अस्वीकार गरेकी छन् । मानिसहरूले कुनै पनि भेटघाटलाई निकै चाँडो गलत अर्थ लगाइदिने गरेकोमा उनले दुःख व्यक्त गरिन् ।
‘फिल्मीज्ञान’ को पडकास्टमा उनले आफू यस्ता झुटा खबरहरूबाट वाक्क भइसकेको बताउँदै मानिसहरूको सोच कति साँघुरो छ भन्ने कुराले आफूलाई अचम्मित बनाउने उल्लेख गरिन् । केही समयअघि यी दुईलाई सँगै डिनर गरिरहेको देखिएपछि उनीहरू प्रेम सम्बन्धमा रहेको अफवाह फैलिएको थियो, जसलाई शेफालीले स्पष्ट रूपमा अस्वीकार गरेकी छन् ।
अन्तर्वार्ताका क्रममा उनलाई भविष्यमा कुनै क्रिकेटरलाई नै आफ्नो जीवनसाथी बनाउने विचार छ कि छैन भनेर सोधिएको थियो । यसको जवाफमा उनले स्पष्ट रूपमा ‘छैन’ भनेकी छन् ।
क्रिकेट आफ्नो पेसा भएको र व्यक्तिगत जीवनलाई पेसागत जीवनसँग मिसाउन नचाहने भएकाले आफूले कहिल्यै कुनै क्रिकेटरसँग विवाह नगर्ने उनले दृढताका साथ बताइन् । यस्ता अफवाहले आफू र आफ्नो परिवारलाई कुनै असर नगर्ने किनकि सत्य के हो भन्ने सबैलाई थाहा भएको उनको भनाइ छ ।
जीवनसाथी कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा शेफालीले भारतीय टोलीका पूर्व कप्तान विराट कोहलीको उदाहरण दिएकी छन् । उनले विराट कोहली र अनुष्का शर्माको जोडी आफूलाई संसारकै ‘परफेक्ट’ लाग्ने बताउँदै आफूले पनि विराटको जस्तै व्यक्तित्व र प्रतिबद्धता भएको पुरुषको खोजीमा रहेको खुलासा गरिन् ।
स्पोर्ट्स एङ्करिङको क्षेत्रमा स्थापित नाम शेफाली बग्गाले चर्चित रियालिटी शो ‘बिग बोस १३’ मा सहभागी भएपछि निकै लोकप्रियता कमाएकी थिइन् । उनी धेरै ठुला क्रिकेट प्रतियोगिताहरूमा एङ्करिङ गरिसकेकी छन् र सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण