असनमा आजदेखि हरेक शनिबार सवारी निषेध, कहाँ गर्ने पार्किङ ?
सारांश
- काठमाडौँको ऐतिहासिक असन क्षेत्रको मौलिकता जोगाउन आजदेखि हरेक शनिबार सवारी साधन निषेध गरिएको छ।
- असन आउने आगन्तुकहरूका लागि धरहरा, जमल र दरबार हाईस्कुलमा पार्किङको व्यवस्था मिलाइएको छ।
- महानगरपालिकाले असन लगायतका विभिन्न आठ स्थानमा आजदेखि निःशुल्क वाटर एटीएम सेवा सञ्चालनमा ल्याएको छ।
काठमाडौँ । काठमाडौँको ऐतिहासिक एवं सांस्कृतिक केन्द्र असन क्षेत्रको प्राचीन मौलिकता जोगाउन आज (शनिबार) देखि ‘भेहिकल फ्री असन’ कार्यक्रम विधिवत् रूपमा सुरु भएको छ ।
काठमाडौँ महानगरपालिकाले असनको सामाजिक, सांस्कृतिक तथा व्यापारिक गरिमालाई पुनर्जीवित गराउने उद्देश्यले हरेक शनिबार यस क्षेत्रमा सवारी साधन प्रवेशमा पूर्ण रोक लगाएको हो ।
आज वैशाख ५ गतेदेखि लागू हुने गरी असन प्रवेश गर्ने मुख्य नाकाहरूमा सवारी साधन चल्न दिइएको छैन । जमल (कमलाक्षी), भोटाहिटी, महाबौद्ध र इन्द्रचोकबाट असनतर्फ जाने सवारी साधनलाई रोक लगाइएको छ । असन आउने आगन्तुकहरूका लागि धरहराको भूमिगत पार्किङ, जमल बहाल र दरबार हाईस्कुल लगायतका स्थानमा पार्किङको व्यवस्था मिलाइएको छ ।
महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार, अब हरेक शनिबार असनमा सवारीको कोलाहल हुने छैन । त्यसको सट्टा यहाँ : रैथाने ज्ञान, सीप र परम्परागत कलाको प्रदर्शनी हुनेछ ।
स्थानीय बाजागाजा, गायन र नृत्यका कार्यक्रमहरू सञ्चालन गरिनेछन् । परम्परागत व्यापारिक क्रियाकलाप र आयुर्वेदिक औषधिहरूको प्रवर्द्धन गरिनेछ ।
महानगरपालिकाको वडा नं. २७ को नेतृत्व र स्थानीय क्लबहरूको सक्रियतामा सुरु भएको यस अभियानले असनको वायु प्रदूषण कम गर्न र पैदल यात्री, विशेष गरी बालबालिका तथा ज्येष्ठ नागरिकलाई हिँडडुल गर्न सहज बनाउने अपेक्षा गरिएको छ ।
यसै अभियानको अवसर पारेर आजैदेखि असन लगायत महानगरका ८ विभिन्न स्थानमा ‘वाटर एटीएम’ समेत सञ्चालनमा ल्याइएको छ । महानगरपालिका र उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सहकार्यमा जडान गरिएका यी एटीएमबाट सर्वसाधारणले निःशुल्क रूपमा शुद्ध पिउने पानी पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण