शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

खाडी राष्ट्रहरूद्वारा युद्धविरामको स्वागत

शनिबार, ०५ वैशाख २०८३, १३ : ५२
शनिबार, ०५ वैशाख २०८३

सारांश

  • खाडी राष्ट्रहरूले इरान र लेबनानसँगको युद्धविरामको स्वागत गरेका छन्।
  • खाडी मुलुकहरूले हर्मुज जलसन्धिमा जहाजहरूको स्वतन्त्र आवागमन हुनुपर्नेमा जोड दिएका छन्।
  • अमेरिका र इरानबीचको वार्तामा आफूहरूलाई सहभागी नगराइएकोमा खाडी राष्ट्रहरूले असन्तुष्टि जनाएका छन्।

काठमाडौँ । खाडी मुलुकहरूले इरान र लेबनानसँगको युद्धविरामको स्वागत गरेका छन् ।  यद्यपि, ती राष्ट्रहरुले हर्मुज जलसन्धिमा जहाजहरूको स्वतन्त्र आवागमन हुनुपर्नेमा जोड दिएका छन्।

कतारको रक्षा गुप्तचरी सञ्चालनका पूर्व निर्देशक नवाफ अल–थानीले बीबीसीको ‘टुडे’ कार्यक्रममा बोल्दै हर्मुज जलसन्धि पुनः खुल्ने सम्भावना एउटा महत्त्वपूर्ण क्षण भएको बताए ।  यद्यपि, यसलाई पूर्ण प्रगति भनिहाल्न भने अझै नसकिने उनको भनाइ थियो । 

अल–थानीका अनुसार खाडी राष्ट्रहरूले हर्मुज जलसन्धिमा जहाजहरूको निर्बाध आवागमन हुनुपर्ने स्पष्ट अडान राख्दै आएका छन्। उनले यस क्षेत्रलाई युद्ध सुरु हुनुभन्दा अगाडिको अवस्थामा फर्काउनुपर्ने बताएका छन्।
खाडी क्षेत्रका धेरै देशहरूले युद्धविरामको कदमलाई सकारात्मक रूपमा लिए पनि अमेरिका र इरानबीच भइरहेका वार्ताहरूमा खाडी मुलुकहरूलाई सहभागी नगराइएकोमा उनले असन्तुष्टि व्यक्त गरे।

हर्मुज जलसन्धि विश्वको तेल व्यापारका लागि रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मार्ग मानिन्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप