मेस्सीको दुई गोल मद्दतमा इन्टर मायमिको रोमाञ्चक जित
कोलोराडो । कप्तान लियोनेल मेस्सीले दुई गोल गरेपछि अमेरिकी मेजर लिग सकर (एमएलएस) मा इन्टर मायमिले कोलोराडोमाथि रोमाञ्चक जित निकालेको छ ।
आइतबार बिहान सकिएको खेलमा मायमिले कोलोराडोलाई उसकै मैदानमा ३–२ गोल अन्तरले हराएको हो ।
खेलको १८औँ मिनेटमा मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै मायमिलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा जर्मन बेर्टेरामले गोल गरेपछि मायमिले अग्रता दोब्बर बनायो । तर, दोस्रो हाफमा कोलोराडोले उत्कृष्ट पुनरागमन गर्यो । ५८औं मिनेटमा राफेल नाभारो र ६२औं मिनेटमा ड्यारेन यापीले गोल गरेपछि खेल २–२ को बराबरीमा आयो ।
त्यसपछि खेलको ७९औँ मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै मायमिलाई ३–२ को अविस्मरणीय जित दिलाए । खेलमा मायमिले ८७औँ मिनेटमा एक रातो कार्डसमेत बेहोरेको थियो । यो जितसँगै लिगमा इन्टर मायमि दोस्रो स्थानमा उक्लिएको छ । उसको ८ खेलबाट १ हार र ३ बराबरीपछि १५ अंक भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण