केकीले निर्माण गर्ने फिल्म ‘स्टेसन’ को बंगलामुखीमा शुभमुहूर्त
सारांश
- अभिनेत्री केकी अधिकारीको निर्माणमा बन्न लागेको फिल्म 'स्टेसन' को ललितपुरस्थित बंगलामुखी मन्दिरमा शुभमुहूर्त गरिएको छ।
- सुलक्षण भारतीको निर्देशनमा बन्ने यो फिल्म वैशाख तेस्रो साताबाट छायाङ्कनमा जाने र भदौ १९ गते प्रदर्शन हुने तय भएको छ।
काठमाडौँ । अभिनेत्री केकी अधिकारीको निर्माण रहने फिल्म ‘स्टेसन’ को शुभमुहूर्त गरिएको छ । सोमबार अक्षय तृतीयाको अवसर पारेर ललितपुरस्थित बंगलामुखी मन्दिर परिसरमा फिल्मको शुभमुहूर्त गरिएको हो । मुहूर्त फिल्मका निर्देशक, निर्माता तथा प्राविधिक टोली सहभागी थिए ।
अभिनेत्री अधिकारीले नयाँ वर्षको अवसर पारेर निर्माणको घोषणा गरेको फिल्म सोसल ड्रामामा निर्माण हुन लागेको हो । २०८१ सालमा सफल फिल्म ‘बोक्सीको घर’ दिएकी केकीले सोही टिमसँगको सहकार्यलाई ‘स्टेसन’ बनाउन लागेकी हुन् ।
केकी अधिकारी फिल्मसको ब्यानरमा निर्माण हुने यस फिल्मलाई सुलक्षण भारतीले निर्देशन गर्नेछन् । फिल्मको कथा पनि स्वयं भारतीकै रहेको छ । फिल्मका निर्माता बद्री अधिकारी हुन् ।
मुहूर्त गरिए पनि निर्माण पक्षले यसमा अभिनय गर्ने कलाकारहरूको बारेमा भने अझैसम्म केही खुलाएको छैन । ‘स्टेसन’ मा कुन–कुन कलाकारले मुख्य भूमिका निर्वाह गर्नेछन् भन्ने कुरालाई गोप्य राख्दै निर्माण टिमले दर्शक माझ कौतुहलता कायम राखेको छ ।
वैशाख तेस्रो सातादेखि छायाङ्कनमा जाने फिल्म आगामी भदौ १९ गते प्रदर्शन हुने बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण