‘राम नाम सत्य’ले पहिलो साता कमायो २ करोड ७८ लाख
सोमबार, ०७ वैशाख २०८३, १५ : ४७
काठमाडौँ । फिल्म ‘राम नाम सत्य’ले पहिलो साता २ करोड ७८ लाख बढी कमाउन सफल भएको छ ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्सअफिस रिपोट अनुसार फिल्मले शनिबारसम्म २ करोड ७८ लाख १८ हजार ८४१ ग्रस कलेक्सन रहेको छ । यो अवधिमा फिल्मको टिकट ९७ हजार २०५ वटा बिकेको छ ।
नयाँ वर्षको अवसर पारेर गत चैत्र २७ गतेबाट प्रदर्शनमा आएको फिल्ममा बिराज भट्ट, सुनिल थापा, सुशील श्रेष्ठ, प्रशान्त ताम्राकार, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, खुसी कार्की लगायतका कलाकारको अभिनय छ । फिल्मको निर्देशन माइकल चन्दले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण