शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

विमानस्थलको महँगो पार्किङ शुल्कमा मन्त्रालयको चासो, पुनरावलोकन गर्न ५ सदस्यीय समिति गठन

सोमबार, ०७ वैशाख २०८३, १७ : १२
सोमबार, ०७ वैशाख २०८३

सारांश

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत देशभरका विमानस्थलमा पार्किङ शुल्क महँगो भएको गुनासो आएको छ।
  • पर्यटन मन्त्रालयको निर्देशनपछि नागरिक उड्डयन प्राधिकरणले शुल्क पुनरावलोकन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ।
  • उक्त समितिले तीन दिनभित्र पार्किङ शुल्कको अध्ययन गरी संशोधनका लागि प्रतिवेदन पेश गर्ने जिम्मेवारी पाएको छ।

काठमाडौँ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत देशभरका विमानस्थलहरूमा सवारी साधन पार्किङ शुल्क अत्यधिक महँगो भएको भन्दै गुनासो आएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले शुल्क पुनरावलोकनको प्रक्रिया अघि बढाएको छ।

विमानस्थल प्रयोगकर्ता, यात्रु तथा हवाई सेवा कम्पनीका कर्मचारीहरूबाट पार्किङ शुल्क अव्यवहारिक र महँगो भएको भनी निरन्तर गुनासो प्राप्त भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको  निर्देशनपछि  प्राधिकरणले शुल्क संशोधनका लागि सोमबार समिति गठन गरेको हो।

प्राधिकरणका अनुसार, शुल्क निर्धारणमा देखिएका समस्या र सर्वसाधारणको गुनासोलाई सम्बोधन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त उपमहानिर्देशक विनोद प्रसाद न्यौपानेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ।

उक्त समितिलाई तीन दिनभित्र पार्किङ शुल्कको विद्यमान अवस्था अध्ययन गरी आवश्यक संशोधनका लागि प्रतिवेदन पेश गर्न जिम्मेवारी दिइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप