रास्वपा बैठक
गृहमन्त्रीबारे रास्वपा केन्द्रीय समिति बैठकमा छलफल नै भएन
सोमबार, ०७ वैशाख २०८३, १८ : ३७
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकमा गृहमन्त्री सुधन गुरुङको विषयमा कुनै छलफल वा निर्णय भएन ।
- प्रवक्ता मनिष झाले आजको बैठकमा उक्त विषय एजेन्डाको रूपमा नरहेको जानकारी दिए ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले विचाैलिया दीपक भट्टसँग सम्बन्ध जोडिएको विषयमा सांसद तथा गृहमन्त्री सुधन गुरुङको विषयमा कुनै निर्णय गरेन ।
केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले कुनै निर्णय नभएको प्रवक्ता मनिष झाले बताए । पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहले सरोकार पत्र पठाएको झाले जिकिर गरे ।
‘हरेक निर्णय बैठकमै आउनुपर्छ भन्ने होइन । आजको प्रस्तावित एजेन्डा नै थिएन । त्यस विषयमा छलफल पनि भएको छैन’, झाले भने ।
उनले तीन दिन अगाडि नै प्रस्तावित एजेन्डा पठाइसकेको वा कुनै केन्द्रीय सदस्यले बैठकमा प्रश्न नउठाएको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्सीको लतमा फस्नुअघि पेलेको चमकसमेत फिका पार्ने फुटबलका सुपरस्टार
-
इजरायलद्वारा इरानको पेट्रोकेमिकल केन्द्रमा आक्रमण
-
चीनको सुँगुर प्रजनन फार्ममा आगलागी, ५ जनाको मृत्यु
-
पश्चिम एसियामा तनाव बल्झिएसँगै एसियाली सेयर बजारमा पहिरो
-
स्थानीय तहको अधिकार र स्वायत्तता माग्दै माइतीघरमा जनमत पार्टीको प्रदर्शन
-
इजलासमा फर्किइन् सपना प्रधान मल्ल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण