राष्ट्रिय जुनियर टेनिस : सर्वज्ञ खत्रीलाई उपाधि
कास्की । पोखरामा सञ्चालन भइरहेको पाँचौँ संस्करणको मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको आज सम्पन्न ९ वर्षमूनिको प्रतिस्पर्धामा सर्वज्ञ खत्री विजेता बनेका छन्।
कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा जारी प्रतियोगिताको पुरुषतर्फ सर्वज्ञले उपाधि जित्न सफल भए । फाइनल खेलमा उनले कायान चालिसेलाई ५–३, ५–४, ७–५ ले पराजित गरी उपाधि जितेको प्रतियोगिताका प्राविधिक निर्देशक कुमार अधिकारीले जानकारी दिए ।
यसैगरी प्रतियोगितामा विभिन्न उमेर समूहका क्वाटरफाइनल र सेमिफाइनल खेलहरु आज सम्पन्न भएका छन् । यु–१४ ‘गल्र्स सिंगल्स’ क्वाटरफाइनलमा स्वरा थापाले आर्या पौडेललाई ६–४, ६–२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिन् । यू–१६ ‘ब्वाइज सिंगल्स’ सेमिफाइनलमा सन्दीप विकेले सुरेन्द्र विकेलाई कडा प्रतिस्पर्धामा ५–७, ७–५, ६–४ ले हराउँदै फाइनल यात्रा तय गरे।
यु–१० ‘ब्वाइज’ तर्फ कायान चालिसेले आयान पन्तलाई ६–०, ६–१ को एकतर्फी जित निकाल्दै फाइनलमा प्रवेश गरे । त्यस्तै, यु–१२ ‘ब्वाइज सिंगल्स’मा वेदान्त चालिसेले सभ्यजङ्ग कार्कीलाई २–६, ६–४, ६–४ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए।
आरित मल्लले यू–१२ ‘ब्वाइज’ तर्फ उत्कृष्ट प्रदर्शन गर्दै शान्स बस्नेतलाई ६–१, ६–१ ले हराए । यू–१२ ‘गल्र्स’तर्फ सारा पन्ताले थिया श्रेष्ठलाई ६–२, ६–२ ले पराजित गर्दै अगाडि बढिन्।
यु–१२ गल्र्स सेमिफाइनलमा नाइरा घलेले ताभिसी रानालाई ६–०, ६–४ ले हराइन् भने यु–१० ब्वाइज सेमिफाइनलमा सोनाम घलेले जिवाश भट्टराईमाथि ६–१, ६–३ को जित निकाल्दै फाइनलमा स्थान बनाए।
यु–१६ ब्वाइज सेमिफाइनलमा स्पन्दन उदासले डोजन गुरुङलाई ६–२, ७–५ ले पराजित गर्दै फाइनलमा प्रवेश गरे । यु–१४ गल्र्स सेमिफाइनलमा सारा पन्ता र शोरा थापा दुवैले सोझो सेटमा जित निकाल्दै फाइनल पुगेका छन्।
यही वैशाख ५ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल मङ्गलबार हुने प्रतियोगिताका संयोजक लोकबहादुर गुरूङले जानकारी दिए । प्रतियोगितामा यु–८, यु–९, यु–१०, यु–१२, यू–१४, यु–१६ र यु–१८ उमेर समूहका ‘ब्वाइज’ तथा ‘गल्र्सतर्फ’ ‘सिंगल्स’ र ‘डबल्स’ गरी कूल १६ इभेन्टमा प्रतिस्पर्धा भएको थियो।
प्रतियोगितामा कास्कीका १५ जना खेलाडीसहित देशका अन्य जिल्लाबाट गरी ९० खेलाडीको सहभागिता रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण