लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
मङ्गलबार, ०८ वैशाख २०८३, ०८ : ३२
सारांश
- लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशन अन्तर्गतको चौधौँ बैठक आज दिउँसो १ बजे बस्दै छ।
- बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ।
- विभिन्न विधेयकहरूमाथिको प्रतिवेदन पेस गर्ने तथा छलफल गरी पारित गर्ने कार्यक्रम तय गरिएको छ।
काठमाडौँ । लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशन अन्तर्गत चौधौँ बैठक आज दिउँसो १ बजे बस्ने भएको छ।
प्रदेश सभा सचिवालयका अनुसार बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ।
बैठकमा कृषि, वन तथा वातावरण समितिका सभापति विश्वप्रेम पाठकले ‘प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि समितिको प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ।
त्यसैगरी सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक’ माथि छलफल तथा पारितको प्रस्ताव पेस गर्नेछन्।
यस्तै, भौतिक पूर्वाधार तथा विकास समितिका सभापति रामजी प्रसाद घिमिरेले समितिको वार्षिक प्रतिवेदन सभामा पेस गर्ने कार्यसूची तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण