सल्यानको शारदा नगरपालिकामा बसपार्क उद्घाटन गर्ने भन्दै सार्वजनिक बिदा
सारांश
- सल्यानको शारदा नगरपालिकाले श्रीनगर आधुनिक बसपार्क उद्घाटनका लागि आज सार्वजनिक बिदा दिएको छ।
- नगरपालिकाले एक सूचना जारी गर्दै विद्यालय, स्वास्थ्य संस्था र मातहतका कार्यालयहरू बन्द रहने जनाएको छ।
- नगर प्रमुख प्रकाश भण्डारीको जन्मदिनकै अवसर पारेर उद्घाटन कार्यक्रम आयोजना गरिएको चर्चा छ।
सुर्खेत । सल्यानको शारदा नगरपालिकाले बसपार्कको उद्घाटन गर्ने भन्दै सार्वजनिक बिदा दिएको छ । बुधबार (आज) उक्त नगरपालिकाले सार्वजनिक बिदा दिएको हो ।
नगरपालिकाले एक पत्र नै सार्वजनिक गरेर वडा नम्बर १ स्थित नगरपालिकाको गौरवको आयोजनाका रूपमा निर्माण सम्पन्न भएको श्रीनगर आधुनिक बसपार्कको समुद्घाटन हुने भएकाले सार्वजनिक बिदा दिइएको उल्लेख छ ।
‘मातहतका वडा कार्यालयहरू, शैक्षिक संस्थाहरू (विद्यालय), स्वास्थ्य संस्थाहरू तथा अन्तर्गतका निकायहरूमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको हो,’ पत्रमा भनिएको छ, ‘सार्वजनिक बिदाका कारण सेवा प्रवाहमा पर्न जाने असुविधाप्रति कार्यालय क्षमाप्रार्थी छ ।
साथै पूर्व निर्धारित कुनै पनि परीक्षाका कार्यक्रमहरू भने यथावत् रूपमा सञ्चालन हुनेछन् ।’ स्रोतका अनुसार आज मेयर प्रकाश भण्डारीको जन्मदिन पनि भएकाले बसपार्क उद्घाटनको चाँजोपाँजो मिलाइएको हो ।
कांग्रेसबाट निर्वाचित उनी कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवालाई ल्याएर बसपार्क उद्घाटन गर्न चाहन्थे । उनले गत भदौ २६ गते देउवाले उद्घाटन गर्ने भनेर कार्यतालिका नै सार्वजनिक गरेका थिए । तर देउवा जेनजी आन्दोलनमा घाइते भएसँगै कार्यक्रम स्थगित भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण