सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
अतिक्रमित जग्गा

प्रधानमन्त्रीले सुरक्षा प्रमुखलाई निर्देशन दिएलगत्तै काठमाडौँ महानगरमा छलफल

बिहीबार, १० वैशाख २०८३, १४ : ०२
बिहीबार, १० वैशाख २०८३

सारांश

  • प्रधानमन्त्रीको निर्देशनपछि काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सुरक्षा प्रमुखहरूसँग छलफल अघि बढाएकी छन्।
  • काठमाडौँका प्रमुख जिल्ला अधिकारीले थापाथली बस्तीका बासिन्दालाई हटाउन महानगरसँग समन्वय र सहजीकरणको आग्रह गरेका छन्।
  • महानगरपालिकाले थापाथलीका बासिन्दालाई होटल तथा लजमा अस्थायी बसोबासको व्यवस्था गर्ने तयारी गरेको छ।

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले अतिक्रमित सार्वजनिक जग्गा खाली गराउन सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएको खबर बाहिरिएपछि काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले छलफल थालेकी छन् ।  थापाथली क्षेत्रमा पर्ने ११ नम्बर वडाका वडाध्यक्षसहित ६ नम्बर वडाध्यक्ष, १७ नम्बर वडाध्यक्ष, ३२ नम्बर वडाध्यक्ष सहित महानगर प्रहरी प्रमुख विष्णु जोशी छलफलमा रहेका छन् । 

त्यसअघि काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी इश्वराज पौडेलले महानगरको टोलीसँग छलफल गरेर समन्वय गर्न आग्रह गरेका थिए । ‘प्रधानमन्त्री कार्यालयबाट अहिलेसम्म केहि जानकारी आएको छैन, सीडीओसाब सँग छलफल भइसकेको छ । अब महानगरले सङ्घीय सरकारले तयारी गरेको काममा सहजीकरण र समन्वय गर्छ । त्यसैको लागि अहिले छलफल भइरहेको छ,’ छलफलमा सहभागी एक वडाध्यक्षले भने । 

महानगर स्रोतका अनुसार सीडीओ पौडेलले थापाथली बस्तीका बासिन्दालाई डोजर चल्नु अगाडि नै हटाउनुपर्ने र उनीहरूका सामान सुरक्षित राखिदिन नगर प्रहरीको सहयोग चाहिने बताएका थिए ।  सोही अनुसार बासिन्दाहरूलाई होटल तथा लजमा अस्थायी बसोबासको व्यवस्था गरिदिने समेत तयारी गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप