तिलागुफालाई धुवाँमुक्त बनाउन ‘एक घर, एक सुधारिएको चुलो’ वितरण अभियान
कालिकोट । कालीकोटको तिलागुफा नगरपालिकाले धुवाँमुक्त नगर बनाउने लक्ष्यसहित ‘एक घर, एक सुधारिएको चुलो’ वितरण अभियान थालेको छ । सुधारिएको चुलो वितरण अभियानले वर्षौँदेखि भान्साको धुवाँमा कष्टकर जीवन बिताइरहेका महिलाहरूको स्वास्थ्यमा सुधार आउने जनाइएको छ ।
अबका केही दिनभित्रै नगरपालिकाका सबै वडाका करिब तीन हजार २०० घरपरिवारमा सुधारिएको चुलो पुग्ने नगरले जनाएको छ । नगरपालिकाका ११ वटामध्ये वडा नं ७ को छाप्रे गाउँमा मात्रै सुधारिएको चुलो वितरण गर्न बाँकी रहेको जनाइएको छ । यसबाट धुवाँका कारण लाग्ने श्वासप्रश्वास तथा आँखासम्बन्धी रोगबाट ग्रामीण क्षेत्रका महिलालाई जोगाउन मद्दत पुग्नेछ, ग्रामीण जीवनस्तरमा सुधार ल्याउनुका साथै वातावरणीय संरक्षणमा योगदान पुर्याउने नगरपालिकाको विश्वास छ ।
यसअघि नै नगरपालिकाका–१, २, ३, ४, ५, ६, ८, ९, १० र ११ मा सुधारिएको चुलो वितरण गरी सकिएको नगरपालिकाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण