अपडेट
थापाथलीपछि गैरीगाउँ जाँदै डोजर
शनिबार, १२ वैशाख २०८३, १२ : ३४
सारांश
- काठमाडौँ महानगरपालिकाले थापाथलीको सुकुमबासी बस्ती खाली गरेपछि अब गैरीगाउँस्थित बस्तीमा डोजर चलाउने तयारी गरेको छ।
- गैरीगाउँमा पक्की घरहरू समेत रहेकाले महानगरले जनशक्ति थपेर आज दिउँसो १ बजेपछि डोजर चलाउने निर्णय गरेको छ।
काठमाडौँ । थापाथली स्थित सुकुमबासी बस्ती खाली गरेसँगै अब काठमाडौँ महानगरपालिकाकै गैरीगाउँ क्षेत्रमा रहेको सुकुमबासी बस्तीमा डोजर जाने भएको छ । महानगर प्रहरी बलका प्रमुख विष्णु जोशीका अनुसार आजै त्यहाँ पनि डोजर चलाउने भएको हो ।
थापाथलीमा सुकुमबासी बस्तीमा अस्थायी घर टहरा (बाँस, जस्तापाता) लगायतको भएपनि गैरीगाउँमा पक्की भवनहरु समेत भएकोले जनशक्ति थपेर डोजर चलाउने महानगर प्रहरीले जनाएको छ । थापाथलीमा सडक विभागको २ वटा र महानगरपालिकाको २ वटा गरी ४ वटा डोजरहरू चलेको थियो । पछि थप २ स्क्याभेटर समेत ल्याइएको थियो ।
गैरीगाउँमा १ बजेपछि डोजर चलाउने तयारी भइरहेको नगर प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
-
सुनसरी घटनामा संयमता र सामाजिक सद्भाव कायम राख्न गगन थापाको अपिल
-
गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
-
१० बजे १० समाचार : सुनसरीमा सद्भावका लागि अपिल, अस्पतालमा पनि आन्दोलन
-
सुनसरीका यी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू (सूचनासहित)
-
कर्णालीमा मुख्यमन्त्री नियुक्त, अन्यमा कसरी हुँदै छ एमाले र नेकपाबिच ‘पावर सेयरिङ’ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण