गोकर्णेश्वरमा मोटरसाइकल दुर्घटना, युवकको मृत्यु
शनिबार, १२ वैशाख २०८३, १२ : ४८
सारांश
- काठमाडौँको गोकर्णेश्वरमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
- दुर्घटनामा गम्भीर घाइते भएका अन्दाजी २५ वर्षीय युवकको उपचारका क्रममा नेपाल मेडिकल कलेजमा मृत्यु भएको हो।
काठमाडौँ । काठमाडौँमा भएको सवारी दुर्घटनामा परेर १ जनाको मृत्यु भएको छ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ तालिन चोकस्थित सडकमा बा.प्र.०२–०५५प २१२७ नम्बरको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
नाम, थर र वतन नखुलेका अन्दाजी २५ वर्षीय युवकको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण