फोटो फिचर
मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन (तस्बिरहरू)
आइतबार, १३ वैशाख २०८३, ११ : २८
सारांश
- मनोहरा सुकुमबासी बस्तीमा रहेका अनधिकृत संरचनाहरू हटाउन एक दर्जनभन्दा बढी डोजर परिचालन गरिएको छ।
- सुरक्षा व्यवस्था कडा पारिएपछि प्रहरीको उपस्थितिमा बस्तीका घर टहरा भत्काउने कार्य सुरु भएको छ।
- सुरक्षाकर्मीहरूले बस्तीका बासिन्दाहरूलाई सामान सार्न र बिरामीको उद्धार गर्न सहयोग गरिरहेका छन्।
भक्तपुर । मनोहरा खोला किनारस्थित सुकुमबासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घर टहरा हटाउन एक दर्जन बढी डोजर प्रयोग गरिएको छ ।
आज बिहानैदेखि एक हजार ३०० नेपाल प्रहरी र ६०० सशस्त्र प्रहरी परिचालन गरेर संरचना भत्काउन थालिएको हो । हिजो साँझ डोजरमाथि आक्रमण भएपछि आज बिहान सुरक्षा व्यवस्था कडा पारेर टहरा हटाउन थालिएको जिल्ला प्रहरी परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए ।
_BG3872Qhgh.jpg)
यस बस्तीमा बस्तीमा सात सय ७७ घर टहरा छन् । शनिबार साँझ पनि यहाँ सात वटा ठूला पक्की घर भत्काइएका थिए । त्यस क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई अवरोध गरिएको थियो । आज भने शान्तिपूर्ण रूपमा डोजर चलाइएको छ ।
_HFyJ6Dhi6T.jpg)
सो क्रममा सुरक्षाकर्मीहरूले समान सार्न तथा बिरामीको उद्धार गर्न सहयोग गरिरहेका छन् ।
_bUlpSc6whP.jpg)
_8JHrSCIunj.jpg)
_Bj3SwHXijY.jpg)
_mbnLe2nYXT.jpg)
_wNehYui31X.jpg)
_qGMwfpILMr.jpg)
_jEb8aevERA.jpg)
_RwgmxAAQTw.jpg)
_K1ySd33oDB.jpg)
_Uq0Q5M7UFS.jpg)
_1aOhG3Z9mM.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
-
सुनसरी घटनामा संयमता र सामाजिक सद्भाव कायम राख्न गगन थापाको अपिल
-
गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
-
१० बजे १० समाचार : सुनसरीमा सद्भावका लागि अपिल, अस्पतालमा पनि आन्दोलन
-
सुनसरीका यी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू (सूचनासहित)
-
कर्णालीमा मुख्यमन्त्री नियुक्त, अन्यमा कसरी हुँदै छ एमाले र नेकपाबिच ‘पावर सेयरिङ’ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण