कोलम्बियामा बम विस्फोट : १४ जनाको मृत्यु
बोगोता । दक्षिणी कोलम्बियाको काउका क्षेत्रमा भएको शक्तिशाली बम विस्फोटमा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । जसमा बालबालिका समेत परेका छन् । घटनामा धेरै सवारी साधन समेत नष्ट भएका छन् । सडकभरि भग्नावशेष फैलिएको देखिएको छ ।
कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेत्रोले यस आक्रमणको दोष क्रान्तिकारी सशस्त्र बल (एफएआरसी)का विद्रोही समूहसँग सम्बन्धित असन्तुष्ट गुटहरूलाई दिएका छन् । आक्रमणकारीलाई उनले आतङ्ककारी, फासिस्ट र लागूऔषध तस्कर भन्दै कडा कारबाही गर्ने बताएका छन् ।
स्थानीय गभर्नर ओक्टाभियो गुज्म्यानले घटनालाई ‘अन्धाधुन्ध हमला’ बताएका छन् र काउका क्षेत्रले यस्तो हिंसा एक्लै सामना गर्न नसक्ने पनि भनेका छन् । प्रत्यक्षदर्शीका अनुसार शक्तिशाली विस्फोटमा मानिसहरू केही मिटर टाढासम्म हुत्तिएका थिए ।
सो क्षेत्रमा पछिल्ला दिनहरूमा अन्य साना आक्रमण पनि भएका छन्, जसमा काली सहरको एक सैन्य आधारमा भएको आक्रमणसमेत पर्दछ । रक्षा मन्त्री एभमचय अर्नुल्फो साञ्चेजका अनुसार सोही दिन विस्फोटकले भरिएको बस पनि फेला परेको थियो, जुन विस्फोट हुन असफल भएको थियाे ।
३१ मेमा हुने राष्ट्रपतीय निर्वाचनको तयारी भइरहँदा यो घटना भएको हो । राष्ट्रपति पेत्रोले विभिन्न सशस्त्र समूहहरूसँग पूर्ण शान्ति नीतिअन्तर्गत वार्ता गरिरहेका छन् तर पछिल्ला वर्षहरूमा पुनः राजनीतिक हिंसा बढ्दै गएको छ ।
सन् २०१६ मा भएको शान्ति सम्झौतापछि पनि केही एफएआरसी सदस्यहरूले सम्झौता अस्वीकार गर्दै सरकारसँगको वार्ता अवरुद्ध गर्ने प्रयास गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण