पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सवका लागि १७ फिल्म छनोट
सारांश
- पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सवमा प्रदर्शनका लागि १७ वटा फिल्म छनोट भएका छन्।
- सर्लाहीको चन्द्रनगर गाउँपालिकामा वैशाख १५ देखि १७ गतेसम्म महोत्सव आयोजना हुँदैछ।
- ग्रामीण कथावस्तु र मधेसी संस्कृतिमा आधारित फिल्मलाई प्रवर्द्धन गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको छ।
काठमाडौँ । पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सवमा १७ फिल्म सहभागी हुने भएका छन् । आयोजक सेलिब्रेटी नेपाल प्रतिष्ठानले आइतबार चलचित्र विकास बोर्डमा एक कार्यक्रम गर्दै महोत्सव फिल्म बारे जानकारी दिएको हो । कार्यक्रममा सहभागी चलचित्रलाई प्रमाण पत्र समेत वितरण गरियो ।
निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुली, चलचित्र पत्रकार सङ्घका अध्यक्ष समिर बलामीलगायतको उपस्थिति रहेको कार्यक्रममा अवार्डका विभिन्न पक्षबारे जानकारी दिइयो ।
सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिकामा वैशाख १५ देखि १७ गतेसम्म आयोजना हुने महोत्सव ‘हिमाल, पहाड, तराई, कोही छैन पराई’ भन्ने मूल नारासहित हुन लागेको हो । यसअघि लाप्राक, गोसाईकुण्ड, भकुण्डेबेसी र रामेछापमा आयोजना भइसकेको यो महोत्सव पहिलो पटक तराई क्षेत्रमा पहिलो पटक हुन लागेको हो ।
आयोजक सेलिब्रेटी नेपालका अध्यक्षसमेत रहेका रधुनाथ सापकोटाका अनुसार ग्रामीण कथा र मधेसी संस्कृतिमा आधारित फिल्मलाई प्रवर्द्धन गर्ने उद्देश्यले यसपटक सर्लाहीमा महोत्सव आयोजना गर्न लागिएको हो।
महोत्सवका लागि ग्रामीण कथावस्तुमा आधारित फिचर, सर्ट तथा विभिन्न भाषाभाषीका ५० भन्दा बढी फिल्मको आवेदन परेकोमा १७ वटा फिल्म छनोट गरिएको छ । महोत्सवमा प्रदर्शन हुने सबै फिल्म दर्शकले निःशुल्क हेर्न पाउनेछन्।
नेपाली मौलिक फिल्मप्रति दर्शकको आकर्षण बढाउने, नियमित रूपमा फिल्म हेर्ने संस्कार विकास गर्ने, ग्रामीण कथामा आधारित फिल्मलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने तथा स्थानीय भाषा, कला, संस्कृति र पर्यटनको प्रवर्द्धन गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको अध्यक्ष सापकोटाले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामूहिक आवासका लागि पाँच करोड विनियोजन
-
ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा
-
कक्षा १२ को नतिजा ४० दिनमा आएको भन्दै शिक्षामन्त्रीले दिए धन्यवाद
-
नेपाल विश्वविद्यालयले स्नातक तहअन्तर्गतको शैक्षिक कार्यक्रम सुरु गर्ने
-
विश्वकपकै बिचमा मोरोक्कोका कप्तान हाकिमी संकटमा, बलात्कारको मुद्दा खेप्नुपर्ने
-
चिकित्सकको क्षमतामाथि टिप्पणीको विरोध, आत्मालोचना गर्न वीर–ट्रमाका करार चिकित्सकको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण